सप्तरीमा भीषण आगलागी, जलेर एक बृद्धको मृत्यु, ८६ घर ध्वस्त

१३ चैत्र २०७१, शुक्रबार ००:०५ मा प्रकाशित

सप्तरी, चैत्र १२ सप्तरीको कञ्चनपुर नगरपालिका ६ मा भएको आगलागीमा परी एक बृद्धको मृत्यु हुनुका साथै ८६ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

स्थानीय ननकु सरदारको परालको कुन्यूबाट सुरु भएको आगलागीमा परी करिव ३३ परिवार विस्थापित भएको बताइएको छ ।

आगलागीमा परी ६० वर्षीय चरित्र सरदारको मृत्यु भएको छ। आगलागीमा करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला सदरमुकामबाट ३७ किलोमिटर उत्तर पुर्वमा रहेको कञ्चनरुप नगरपालिका ६ पिपडापुर्वमा लागेको आलगाली करिब आठ घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए।

राजविराज नगरपालिका, इटहरी र इनरुवा नगरपालिकाको बारुणयन्त्र, स्थायीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई