वैदेशिक रोजगार विभागमा कर्मचारीको ज्यादति – नयां श्रमस्वीकृतिमा प्रतिव्यक्ति दश हजार घुस

२८ जेष्ठ २०६९, आईतवार १२:०२ मा प्रकाशित

काठमाडौं, २८ जेठ । वैदेशिक रोजगार विभागको व्यक्तिगत (नयां) शाखामा प्रतिव्यक्ति दस हजारका दरले घुस लिने क्रमले तिब्रता पाएको छ । सामान्य गल्तीलाई कोट्याई–कोट्याई ठूलोजस्तो दर्शाएर शाखामा कार्यरत कर्मचारीहरुले सर्वसाधारणलाई दुःख दिँदै आएको विभाग स्रोतले जनाएको छ । नेपाली दूतावास प्रमाणित कपीमा ‘वर्किङ आवर’ (नेपाल सरकारले तोकेको आठ घण्टा भन्दा बढी ड्यूटी भएका) देखि सामान्य मानविय त्रुटि भएकालाई समेत घुस नलिई श्रमस्वीकृति दिईंदैन । अवैध रकम दिएपछि जस्तासुकै कागजात र भिजा पनि पास हुने गरेका छन् । रकमको कारोवार विभाग परिसरबाहिरै हुने गरेको छ ।
दैनिक तीनसयदेखि पांचसयको हाराहारीमा व्यक्तिगत नयां श्रमस्वीकृति लिएर यसरी सर्वसाधारण नोपाली नागरिकहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । बुझाउनुपर्ने ठाउंमा आवश्यक रकमको जोहो गरेपछि निर्धक्क भएर कर्मचारीहरुले घुस लिने गरेको बुझिन्छ । विगतमा प्रतिव्यक्ति एकहजारका दरले घुस लिंदा दैनिक दुई हजारसम्म व्यक्तिगत श्रमस्वीकृति दिने गरिन्थ्यो । हाल एकैजनाबाट बढी रकम उठाएर थोरै श्रमस्वीकृति दिंदा पनि घुसको कारोवारमा कुनै कमी नआएको विभाग स्रोतको दावी छ । मन्त्रालयदेखि पुग्नुपर्ने आवश्यक ठाउंमा अहिले पनि पुग्ने गरेको छ । वैदेशिक रोजगारीमा जाने निरक्षर र गरिव नेपाली नागरिकबाट वलजफ्ती उठाइएको यो अवैध रकम हो ।
व्यक्तिगत नविकरणमा स्वयं व्यक्ति नआउंदा प्रतिव्यक्ति एकहजारका दरले अवैध रकम लिएर धमाधम श्रमस्वकिृति दिने कार्य भइरहेको छ । स्वयं व्यक्ति उपस्थित हुंदा भने यो अवैध रकम बुझाउनु पर्दैन । नयां, पुरानो र संस्थागत श्रमस्वीकृति लिएर दैनिक पन्ध्रसयदेखि दुईहजारको हाराहारीमा अहिले पनि विदेशिने गरेको विभागको रेकर्ड छ । कुनै–कुनै महिना केहि कम भए पनि वार्षिक आंकडामा यो संख्या आउने गरेको छ भने घुसको रकम प्राय परिवर्तन भैरहने हुंदा जतिवेला जुन दररेट छ त्यही उल्लेख गरिएको हो ।
हिजोका दिनमा विभागका कर्मचारीहरुले गरिवबाट उठाइएको रकमको दुरुपयोग गर्दै फलफुल र जुस समेत बग्रेल्ती फाल्ने गर्दथे । खशीको मासु र चिउराचाहिं दैनिक लुटेकै छन् भने त्यसको वदलामा गरिव नेपाली युवाहरुले साहुको कोठी र खाडीको जेलमा सड्नु परेको छ अहिले पनि ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई