दुवै आयोजक राष्ट्र फाइनलमा, उपाधि भीडन्त मार्च २९

१२ चैत्र २०७१, बिहीबार १७:२२ मा प्रकाशित

काठमाण्डौ चैत्र १२ । विश्वकप क्रिकेटमा आज भएको दोश्रो सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई ९५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
सिड्नी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै ५० ओभर खेल्दे ७ विकेट गुमाएर ३ सय २८ रन बनाएको थियो ।
३ सय २९ रनको लक्ष्य पछ्याएको भारत ४६.५ ओभरमा अल आउट हुँदै २ सय ३५ रनमा समेटियो ।
ओपनर शिखर धवन व्यक्तिगत ४५ रनका आउट भए भने भरपर्दा व्याट्सम्यान विराट कोहली १३ बलमा १ रन मात्रै बनाएर पेलेभियन फर्किए । अर्का ओपनर रोहित शर्मा पनि ४८ बल खेलेर ३४ रन बनाएर आउट भएका थिए । यस्तै आजिक्या रहाने, रबिन्द्र जडेजा पनि सस्तैमा आउट भएका थिए ।
यसअघि १५ रनमै पहिलो विकेट गुमाएको अष्ट्रेलियाका लागी एरोन फिन्च र स्टेफन स्मिथले दोश्रो विकेटका लागि १ सय ८२ रनको साझेदारी गरेका थिए ।
स्मिथले ९३ बलमा १ सय ५ र फिन्चले १ सय १६ बलमा ८१ रन बनाए ।
यस्तै अष्ट्रेलियाका शेन वाट्सनले २८, मिचेल जोन्सनले अविजित २७, ग्लेन म्याक्सवेलले २३, जेम्स फङकरले २१, डेविड वार्नरले १२, कप्तान माइकल क्लार्कले १० र विकेट किपर ब्य्राड ह्याडिनले ७ रन बनाए ।
भारतका लागी उमेश यादवले ४, मोहित शर्माले २ र रविचन्द्र आश्विनले १ विकेट लिए ।
फाइनलमा अब अष्ट्रेलियाले उपाधीका लागि न्यूजिल्याण्डसँग मार्च २९ अर्थात आइतबार प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव