ओली भट्टराईबीच राजनीतिक गतिरोध अन्त्य गर्ने सहमति

१२ चैत्र २०७१, बिहीबार १२:३३ मा प्रकाशित

काठमाण्डौ चैत्र १२ । देशमा विद्यमान राजनीतिक गतिरोधको अन्त्य गर्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न डा भट्टराई गयराति अबेर ओलीनिवास बालकोट पुग्नु भएको थियो ।
ओली पार्टीको स्थायी कमिटी बैठकमा व्यवस्त भएकाले रातिको समयमा भट्टराइसँग भेट गर्नुभएको हो ।
करिब एक घण्टा भएको भेटमा विवादित विषय मिलाउन वैकल्पिक मार्गको खोजी गर्ने, सहमतिबाटै संविधान निमार्ण गर्ने र राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको ओली निवासले जानकारी दिएको छ
ओलीसँगको भेटमा बाबुरामले सत्तापक्षले संविधानसभाको प्रक्रिया थाल्ने र विपक्षी मोर्चाले आन्दोलन थाल्ने हो भने त्यसपछि वार्ता गर्न गाह्रो पर्ने भन्दै चैत्र १४ अगावै शीर्ष नेतावीच वार्ता हुनुपर्ने प्रस्ताव राख्नुभएको थियो ।
भेटमा ओली पनि नरम गरी प्रस्तुत भएको डा.भट्टराईले महसुस ओलीलाई भेट्नुअघि भट्टराईले कांग्रेस नेता कृष्ण सिटौला, महेश आचार्य र एमाले नेता अग्नि खरेलसँग बेग्लाबेग्लै छलफल गरेका थिए
एमाओवादी अध्यक्ष प्रचण्ड चीनबाट फर्कनासाथ शीर्ष नेताहरुको बैठक राख्ने ओली र डा. भट्टराईवीच सहमति भएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्ड शुक्रबार चीनबाट फर्कदै हुनुहुन्छ । प्रचण्ड फर्केपछि शनिबार शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ