अनसनरत डा.केसीको अवस्था गम्भीर

१२ चैत्र २०७१, बिहीबार १०:०३ मा प्रकाशित

काठमाण्डौ चैत्र १२ । पाँचदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । अघिल्ला समयमा चार पटक सम्म अनसन बस्दा भन्दा यसपटक उहाको अबस्था छिट्टै गम्भीर बन्दै गएको हो ।
अघिल्ला पटक एक हप्ता पछि मात्र उहाको अवस्था गम्भीर बन्दै थियो । तर यस पटक उहाँको स्वास्थ्यमा छिटो असर देखिएको डाक्टर वाई पी सिंहले जानकारी दिनुभयो ।
उमेर बढ्दै जानु र शरीरमा पौष्टिक आहारको कमी हुनुले डाक्टर केसी गल्दै जानु भएको डाक्टर सिंहले बताउनुभयो । शरीरमा गुल्कोजको मात्रा कम भएपछि विभिन्न समयस्या देखिएको र यसले मृगौलामा खराबी आउनुका साथै अरु अंगमा पनि असर गर्ने चिकित्सकहरुले बताएका छन् ।
यस्तै डाक्टर केसी अनशसनमा बसेको पाँचौ दिन हुँदा पनि सरकारी स्तरबाट कुनै सम्बोधन नभएपछि आवासीय चिकित्सकले देशव्यापी रुपमा दबाब दिने तयारी थालेका छन् ।
आज पनि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका विद्यार्थीले धर्ना दिईरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

काठमाडौं । सभामुख र सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाईंदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी