एमालेले सहमति प्रयास र आन्दोलन संगसंगै बढाउने

२७ जेष्ठ २०६९, शनिबार १९:१९ मा प्रकाशित

काठमाडौं, २७ जेठ । नेकपा एमालेले सहमतिको प्रयास र आन्दोलनलाई संगै अघिबढाउने निर्णय गरेको छ । पार्टीको आज बसेको बैठकले दलहरुबीच सहमति बनाएर संविधान संसोधन गरि विकल्प खोजी गर्ने, माओवादी सर्वसत्तावादविरुद्धको अभियानलाई अझै सशक्त बनाउने र सत्ता साझेदार दलहरुलाई पनि आफ्नो गठबन्धनमा ल्याउन पहल गर्ने निर्णय समेत गरेको छ । संविधानसभामा पार्टीको भूमिका र त्यसयताका पार्टीभित्रका क्रियाकलापको समीक्षा गर्न आगामी असार ४ र ५ गते काठमाडौंमा राष्ट्रिय भेला समेत बोलाउने भएको छ ।
एमालेले असन्तुष्ट आदिवासी जनजाती नेताहरुलाई आफ्ना असन्तुष्टि सार्वजनिक सञ्चारमाध्यममा नभई पार्टीभित्रै राख्न अनुरोध पनि गरेको छ । आजको बैठक आदिवासी जनजाती तथा मधेसी समुदायका नेताहरुले बहिष्कार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस