राष्ट्रपति आज चीन जाँदै

१२ चैत्र २०७१, बिहीबार ०९:४९ मा प्रकाशित

काठमाण्डौ चैत्र १२ । राष्ट्रपति डाक्टर रामवरण यादव आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही हुने ‘एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलनमा भाग लिन राष्ट्रपति यादव त्यसतर्फ जान लाग्नुभएको हो ।
राष्ट्रपति यादवले १४ गते बिहान सम्मेलनलाई सम्बोधन गर्ने तथा त्यही दिन चीनका राष्ट्रपति सि जिन पिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सातदिने चीन भ्रमणक्रममा आज बेलुकी राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको सान्या सहर पुग्नेछ । सान्यामा राष्ट्रपतिले आरका भ्याली लाइभ म्युजियम कल्चरmल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नाका साथै नान्सा रमणीय उद्यानको भ्रमण गर्ने कार्यक्रम छ ।
त्यसछि मात्र राष्ट्रपति यादव सान्याबाट शनिबार बिहान सम्मलनस्थल बोआओतर्फ जानुहुने छ ।
त्यही दिन सम्मेलनलाई उ्हाले सम्बोधन गर्ने र त्यसपछि चिनियाँ राष्ट्रपतिले सिले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम छ । राष्टपति यादव सहतिको प्रतिनिधिमण्डल १८ गते स्वदेश स्वदेश फर्किनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई