चिकित्सकहरु विरोधमा उत्रिए

११ चैत्र २०७१, बुधबार ११:१७ मा प्रकाशित

काठमाण्डौ चैत्र ११ । शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर गोविन्द केसीको माग सरकारले माग पूरा गर्न चासो नदेखाएको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान आई ओ एमका विद्यार्थी तथा रेसिडेन्ट चिकित्सक बिरोधमा उत्रिएका छन् ।
डा केसी अनशन बस्नुभएको तिन दिन वित्दापनि सरकारले माग पूरा गर्न चासो नदेखाएको भन्दै विद्यार्थी तथा रेसिडेन्ट चिकित्सकले पठनपाठन ठप्प पादै आन्दालनमा उत्रिएका हुन् ।
उनीहरुले आजदेखि पठनपाठनमा सहभागी नभई शिक्षण अस्पताल महाराजगञ्ज अगाडी धर्ना दिने बताएका छन् ।
एक दुई दिनमा सरकारले माग पूरा नगरे अस्पतालको सेवामा पनि सहभागी नहुने उनीहरुको चेतावनी छ ।
यसअघि चौथो र तेस्रो पटक अनशन बसेका बेला सरकारसग भएका सम्झौता पालना गर्न माग गर्दै डाक्टर केसी गएको आइतबारदेखि अनशनमा बस्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना