यू–२३ छनोटमा नेपाल र अफ्गानिस्तान भिड्दै

११ चैत्र २०७१, बुधबार १०:५८ मा प्रकाशित

काठमाण्डौ चैत्र ११ । एएफ्सी अन्डर ट्वेन्टी थ्री छनोट फुटबलको दोस्रो खेलमा आज नेपालले अफ्गानिस्तानसँग खेल्दैछ ।
दुई वर्ष अघि काठमाडौंमा सम्पन्न सिनियर टोलीको साफ च्याम्पियनसिपमा नेपाललाई हराँउदै फाईनलमा पुगेको अफ्गानिस्तान पछिल्लो समय जुनसुकै उमेर समुहमा नेपालको मुख्य चुनौती बन्दै गएको छ । यस्तोमा २३ वर्ष मुनिकायुवा टोलीलाई आजको खेल दबाबपुर्ण हुनेछ ।
ईरानको तेहरानमा जारी प्रतियोगिताको पहिलो खेलमा आयोजक ईरानसँग ५-० ले हारेको नेपाल यसैपनि दबाबमा छ ।
नेपालको समूहमा आयोजक ईरानसंगै अफगानिस्तान, साउदी अरेबिया र प्यालेस्टाइन रहेका छन् ।
एसियाली राष्ट्रहरुलाई १० समूहमा विभाजन गरी खेलाइएको छनोट चरणबाट समूहका विजेता र पाँच उत्कृष्ट उपविजेता गरी १५ टिमले अर्को वर्ष कतारमा हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले