संविधान सभालाई सूचारु गर्न सभामुखले छलफल गर्दै

११ चैत्र २०७१, बुधबार १०:४४ मा प्रकाशित

काठमाण्डौ चैत्र ११ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुहने भएको छ । संविधानसभाको अनिश्चितकालका लागि स्थगित प्रक्रिया पुन: सुरु गर्ने गृहकार्य स्वरुप आज अपरान्ह प्रमुख दलका प्रमुख सचेतकहरुलाई सिंहदरबार बोलाउनुभएको छ ।
माघ २९ गते अर्को सूचना प्रकाशित नभएसम्म संविधानसभा बैठक स्थगित थियो । तर दलहरुबीच सहमति नहुँदा संविधान सभा बैठक अनिश्चित बनेको छ ।
दलहरुबीच संविधानका अन्तरबस्तु र प्रक्रियामा सहमति गर्न पटक–पटक दिएको समयसीमा ब्यर्थ भएपछि नेम्वाङले बैठक बोलाउने तयारी गर्नुभएको हो ।
उहाँले दलका शीर्ष नेताहरुलाई सहमतिका लागि (आज) सम्म पखर्ने बताएका थिए ।
प्रमुख सचेतकहरुसँगको परामर्शपछि मात्रै उनले बैठक डाक्ने सूचना जारी गर्ने वा दललाई अर्को एक मौका दिएर त्यतिन्जेल पनि नभए प्रक्रिया सुरु गर्ने सम्भावित तिथिको जनाउ दिने भन्ने विकल्पमध्ये एक रोज्नुहुने छ ।
नियमावली अनुसार, बैठक डाँक्न तीन दिनअगावै सूचना दिनुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा