धादिङमा बसको ठक्करबाट एकजनाको मृत्यु

११ चैत्र २०७१, बुधबार १०:३८ मा प्रकाशित

काठमाण्डौ चैत्र ११ । बसको ठक्करबाट धादिङ बेनिघाटमा एक व्यक्तिको मृत्यु भएको छ ।
काठमाडौंबाट काकडभिट्टातर्फ गइरहेको ना ५ ख ४१६३ नम्बरको बसको ठक्करबाट स्थानीय २८ वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको हो ।
मलको बोरा बोकेर बाटो काट्न लागेकी महिलालाई तीब्र गतिमा आएको बसले ठक्कर दिएको थियो । गजुरी प्रहरीका अनुसार मृतकको शब अझै उठ्न सकेको छैन ।
दुर्घटनापछि अहिले त्यहा तनावको स्थिति बनेको छ ।
स्थानीयले कारबाही र क्षेतपूतिर्को माग राख्दै प्रदर्शन गरेपछि पृथ्वी राजमार्ग भएर चल्ने सवारी केही बेर देखि यता आवागमन पूर्ण: ठप्प भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न