
पेरिस, १०, चैत्र । स्पेनको बार्सिलोनाबाट जर्मनको डसेलडोर्सका लागि उडेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। १४२ जना यात्रु सवार रहेको विमानमा चालकदलका ६ सदस्य थिए । एपीले जनाए अनुसार विमान दक्षिणी फ्रान्सको जिन्योमा दुर्घटनामा परेको हो । विमान डसेलडोर्फबाट उडेको थियो । फ्रान्सका आन्तरिक मामिला सम्बन्धी मन्त्री बर्नाड ग्याज्नोभले सो दुर्घटनाको पुष्टि गरेका छन् । एक स्थानीय टिभीले जनाएअनुसार उनी दुर्घटनास्थलतर्फ जाँदै छन् । ग्याज्नोभले जनाए अनुसार दुर्घटनाग्रस्त विमानको अवशेष दक्षिणी फ्रान्सको बार्सिलोनेट नामको सानो सहर नजिकै भेटिएको छ।सवार १४२ यात्रुको मृत्यू भएको आसंका गरिएको छ । विमान स्थानीय समय अनुसार ९:३९ बजे रडारसँग सम्पर्क टुटेको थियो । त्यसैगरी विमान दुर्घटनामा परेको कम्पनीले आधिकारिक विवरण प्राप्त हुनेबित्तिकै संचारमाध्यमलाई जानकारी दिन ट्वीट गरेको छ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ
काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक
काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि
काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको