दक्षिण अफ्रिकालाई हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

१० चैत्र २०७१, मंगलवार १६:०८ मा प्रकाशित

काठमाण्डौ, १० चैत्र । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले डिएल सिस्टममा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
यसअघि दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै न्युजिल्याण्डलाई २ सय ९८ रनको लक्ष्य दिएको थियो ।
खेल सकिन १ बल बाँकी छँदा ६ विकेट गुमाएर आयोजक राष्ट्र न्युजिल्याण्डले सो लक्ष्य भेट्टाउदै कठिन जित हात पारेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ४३ ओभरमा ५ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको हो । डि एल नियम अनुसार घरेलु टोलीले नयाँ लक्ष्य पाएको थियो ।
अफ्रिकाका लागि आक्रामक ब्याटिङ गरेका डेभिड मिलरले १८ बलमा ४९ रन बनाए । यस्तै फाउ डे प्लेसीसले ८२ रनको योगदान दिए । कप्तान एडिभि ब्लेयर्सले ४५ बलमा ६५ रनको पारी खेले ।
अब न्यूजिल्याण्डले उपाधीका लागी भोली हुने सेमिफाइनलमा जित्ने टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि

काठमाडौँ । आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ ।

काठमाडौं । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार

काठमाडौं । नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट ‘सजिलो पे’ले बेच्ने भएको छ । शनिबार र मंगलबार दशरथ रंगशालामा साँझ