मृर्गौला रोग पीडितलाई बेलायतबाट रु एक लाख ४६ हजार सहयोग

१० चैत्र २०७१, मंगलवार १६:०२ मा प्रकाशित

काठमाण्डौ चैत्र १० । मिर्गौला रोगबाट पीडित म्याग्दी दरबाङ दिच्याम–७ का टेकबहादुर रोकाको उपचारका लागि बेलायतमा रहेका नेपालीले रु एक लाख ४६ हजार ३०० आर्थिक सहयोग गरेका छन् ।

धौलागिरि नौमती बाजा समूह र पुनमगर समाज युकेका अध्यक्ष विल पुर्जामगरको सक्रियतामा सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानबाट सङ्कलित रकम एक कार्यक्रमकाबीच रोकालाई हस्तान्तरण गरिएको छ ।

ँआर्थिक अवस्था कमजोर भएर उपचारबाट वञ्चित भएको जानकारी पाएपछि सबैले सहयोग गर्नुभयो ।” ँमानवीय सेवामा युकेमा रहेका नेपालीले मन खोलेर सहयोग गर्नुहुन्छ” उहाँले भन्नुभयो । बेलायतमा रहेका धौलागिरिवासीको पहलमा स्थापना भएको नौमती बाजा समूहले लोपोन्मुख कला र संस्कृतिको संरक्षणका साथै सामाजिक कार्यमा समेत सहयोग गर्दै आइरहेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजनकर्ता पुर्जामगरले रोकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको