वितरण प्रणालीमा सुधार नभए मेलम्ची आएपनि काठमाडौँमा खानेपानी समस्या -रमेश लम्साल

१० चैत्र २०७१, मंगलवार १५:२४ मा प्रकाशित

काठमाडौँ । बुहप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपनि व्यवस्थापनमा ध्यान नदिने हो भने काठमाडौँ उपत्यकामा खानेपानी समस्या हल नहुने देखिएको छ ।

काठमाडौँ उपत्यकामा हाल कायम रहेको पानी वितरण प्रणाली पूरानो रहेको र अत्याधिक चुहावट हुने भएकाले त्यसको मर्मत सम्भार बिना खानेपानी समस्या हल हुन नसक्ने देखिएको हो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गरेको अध्ययनअनुसार कुल प्रणाली मध्ये ७० प्रतिशत भन्दा बढी पानी चुहावट हुने गरेको छ । उपभोक्ताको धारामा पुग्ने ३० प्रतिशत पानी पनि शुद्ध र पिउन योग्य नभएको गुनासो आउने गरेकाले वितरण प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

काठमाडौँ उपत्यका भित्र रहेका परम्परागत मुल सुकेका, भूमिगत पानीको तह पनि क्रमशः घट्दै गएको र ‘रिचार्ज’को लागि कुनै पहल नभएको, स्रोतको संरक्षण र सुरक्षामा ध्यान दिन नसकेको अवस्थामा उपत्यकाको सम्पूर्ण प्रणालीलाई नै वैज्ञानिक बनाउनुपर्ने देखिएको हो ।

सोही अध्ययनअनुसार काठमाडौँ उपत्यकामा प्रतिवर्ष २।५ मिटरका दरले भूमिगत पानी घट्दै गएको छ । सरकारको पछिल्लो एक तथ्याङ्कअनुसार यहाँ नौदेखि ६८ मिटर तल भूमिगत पानी गएको छ । काठमाडौँ उपत्यकामा बर्सेनि दश हजार नयाँ घर बनिरहेका छन् । हालकै अवस्था कायम रहे आगामी ३५ वर्षमा काठमाडौँमा खाली जग्गा भेट्न मुस्किल हुनेछ ।

काठमाडौँ उपत्यकामा दैनिक पानीको माग ४० करोड लिटर छ भने आपूर्ति १२ करोड लिटर मात्रै छ । जनसङ्ख्याको चाप बढिरहेको अवस्थामा मुहान सुक्दै गएकाले भविष्यमा पानी उपभोग गर्न समस्या हुन सक्ने देखिएको छ । भएका स्रोतको संरक्षण हुन नसक्दा पाल्पा र रामेछापको सदरमुकाम सार्नुपर्ने बाध्यता रहेको र मध्यपहाडी क्षेत्रमा पानीको बढी समस्या देखिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरूपयोग हुने गरेको छ । काठमाडौँ उपत्यकामा वर्षात्को बेला तीन खर्ब ५० अर्ब लिटर पानी बगेर जाने गरेको छ । त्यसमा २५ प्रतिशत मात्रै वचत गर्न सके वर्ष दिन भरी सहज रूपमा पानी उपलब्ध गराउन सकिन्छ । तर यसतर्फ सरकारले ध्यान दिन सकेको छैन ।

नेपालमा छ हजारभन्दा बढी खोलानाला रहेका छन् । प्रतिवर्ष २७० अर्ब क्यूविक मिटर पानी बगेर जाने गरेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विश्व पानी दिवसको अवसरमा आयोजना गरेको ‘पानी र दिगो विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य भारतेन्द्र मिश्रले पानीको दुरुपयोग तथा चुहावट रोक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पानीको स्रोतको संरक्षण गरी दिगो विकासको लक्ष्यलाई पूरा गर्नु आजको आवश्यकता भएको बताउनुभयो । खानेपानी महसुल निर्धारण आयोगका प्रतिनिधि हरि शर्माले काठमाडौँ उपत्यकाको वितरण प्रणालीमा संस्थागत, प्रविधिगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

ँमेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न गर्न सबैको सकारात्मक सहयोगको जरुरत छ” उहाँले भन्नुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जीवराज पोखरेलले पानीको विषयमा संस्थागत अध्ययन तथा खोजबिन गर्नेलाई प्रतिष्ठानले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा पूर्व मन्त्री गणेश शाह, बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटा, नेपाल इन्जिनियरिङ कलेजका प्रा डा खेमराज शर्मा, वाटर एड नेपालका प्रादेशीय प्रतिनिधि तृप्ती राई, मौसमविद समाजका अध्यक्ष डा हेम काफ्लेले पानी जीवन हो भन्ने मर्मलाई ख्याल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ सरकार र संसदबारे नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपासँग संवाद गर्ने निर्णय गरेको

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी