विप्लब माओवादीले बन्द फिर्ता लियो

१० चैत्र २०७१, मंगलवार १५:१६ मा प्रकाशित

काठमाण्डौ चैत्र १० । विप्लब नेतृत्वको नेकपा माओवादीले यहि चैत्र १८ गते आव्हान गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । आज एक विज्ञप्ती जारी गरी तत्कालका लागि नेपाल बन्द लगायत सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जानकारी दिएको हो ।
गत चैत्र ६ गते लगानी बोर्डका मुख्य अधिकृत राधेश पन्तको निवासमा गरिएको विरोधका कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा पक्राउ परेका नेता कार्यकर्ता रिहा गरेकाले आन्दोलन फिर्ता लिएको बताईएको छ । पार्टीले देशमा बढिरहेको भ्रष्टाचार,महंगी, कालाबजारी र राष्ट्रघातका विरुद्ध घोषणा गरीएको आन्दोलनलाई भने निरन्तरता दिने नेत्रविक्रम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।
अपर कर्णाली, माथिल्लो मस्र्याङ्दी, अरुण तेस्रो लगायतका विद्युत परियोजना निर्माण उत्पादन र उत्पादित विलुजी बिक्रि लगायतका विषयमा गरिएको सम्झौता राष्ट्रको हितविपरीत रहेको भन्दै माओवादीले विरोध गर्दे आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित