प्रवेशाज्ञा दिने प्रक्रिया निजी कम्पनीलाई नदिन माग

१० चैत्र २०७१, मंगलवार १४:५६ मा प्रकाशित

काठमाण्डौ चैत्र १० । नेपाल आउने विदेशी नागरिकलाई प्रवेशाज्ञा दिने प्रक्रियाको जिम्मेवारी सरकारले निजी कम्पनीलाई दिने तयारी गरेको प्रति नेकपा–माओवादीले आपत्ति जनाएको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालद्वारा आज जारी विज्ञप्तिमा प्रवेशाज्ञा जस्तो राष्ट्रिय हिसाबले संवेदनशील विषय नेपाल सरकारले निजी कम्पनीलाई दिने निर्णय गर्न लागेको भनि आएका समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण जनाइएको छ ।

राष्ट्रिय सुरक्षा, गोप्यता र हितसमेतमा गम्भीर प्रभाव पार्ने प्रवेशाज्ञा दिनेजस्तो महत्वपूर्ण विषय राज्यले गर्नुपर्ने काम निजी कम्पनीलाई दिन तयार हुने कुरा राष्ट्रहित विपरीतको घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका