बन्दूकधारीद्वारा तेह्र यात्रीहरुको हत्या

१० चैत्र २०७१, मंगलवार १२:४० मा प्रकाशित

ऐजेन्सी चैत्र १० । । दक्षिणी अफगानिस्तानमा मङ्गलबार बन्दुकधारीहरुको एक समूहले अन्धाधुन्ध गोली हानी बसमा यात्रा गरिरहेका कम्तीमा पनि १३ जना यात्रुको हत्या गरेको समाचार छ ।

दक्षिणी अफगानिस्तानको वार्दाक प्रान्तमा बसमा यात्रा गरिरहेका सर्वसाधारणलाई बन्दुधकारीको एक समूहले गोली प्रहार गरी हत्या गरेको समाचारमा जनाइएको छ ।
अधिकारीहरुले अफगानिस्तानमा सर्वसाधारणमाथि हुने गरेको आक्रमणको पछिल्लो शृंखलाका रुपमा यी सर्वसाधारण मारिएका जनाएका छन् ।
प्रान्तीय प्रवक्ता अतुल्लाह खोग्यानीले दिएको जानकारीअनुसार बन्दुकधारीको एक समूहले मङ्गलबार बिहान बसमा हमला गरी त्यसमा रहेका यात्रुमध्ये कम्तीमा पनि १३ जनाको ज्यान लिएका हुन् ।
उक्त बस दक्षिणी सहर कान्दाहारतर्फ जादै गरेको थियो । सोही समयमा गुडिरहेको बसलाई अकस्मात रोकी बन्दुकधारीले सो हमला गरेका थिए ।
बन्दुधकारीले एकाएक बसलाई नियन्त्रणमा लिई सो हमला गरेका थिए । उनीहरुले छानीछानी ती यात्रुमाथि गोली बर्साएको समाचारमा जनाइएको छ ।
कान्दाहार प्रान्तको छिमेकी प्रान्त घाज्नीका उपगभर्नर मोहम्मद अलिले बन्दुकधारीले उक्त बसमा रहेका यात्रुलाई छानेर मारेको जानकारी दिएका छन् ।
अधिकारीहरुले उक्त सवारीमा मारिएका नागरिकको पहिचान हुन नसकेको बताएका छन् । सो आक्रमण कसले र किन गरेको हो भन्ने बारेमा पनि केही थाहा हुन नसकेको पनि अधिकारीहरुको भनाई छ ।
साथै त्यस हत्याको जिम्मेवारी पनि कसैले लिएको छैन । प्राय यस्ता अपराधका घटनामा अफगानी तालिवानहरुको हात रहने भएकोले प्रहरीले उनीहरुकै हात रहेको अनुमान गरेको छ ।
तर तालिवानहरुले भने त्यस बारेमा केही बताएका छैनन् । उनीहरुको कुनै प्रतिक्रिया आएको छैन ।
नागरिकहरुमाथि यस्तो हमला प्राय त्यहाँ जातीय द्वन्द्वका कारण हुने गर्दछ । जातीय द्वन्द्वका कारण एकले अर्को जातीमाथि हमला गरी हत्या गर्ने गर्छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले

सिओल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण

दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष