फुङ्लिङ आगलागी- क्षतिको विवरण सङ्कलन हुँदै

१० चैत्र २०७१, मंगलवार १२:३२ मा प्रकाशित

 काठमाण्डौ चैत्र  १० । मेची अञ्चलको हिमाली जिल्ला ताप्लेजुङको फुङ्लिङ बजारको तोक्मेमा गएराति भएको भीषण आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ ।

स्थानीय पूर्वेली होटेलबाट ग्यास चुहावट भई सुरु भएको आगलागीबाट ३५ घर जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगलागीमा मानवीय क्षति नभए पनि के कति धन/सम्पत्ति जल्यो भन्ने विवरण सङ्कलन भइरहेको छ ।
आगलागीलाई स्थानीय जनता र प्रहरीले नियन्त्रणमा लिएका छन् । आगलागी नियन्त्रणमा लिन इलाम र झापाबाट दमकल पठाइएको थियो । क्षतविक्षत भएको सो क्षेत्रमा अहिले प्रहरीले बाटो खुलाउन तीव्र गतिमा काम भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना