हिन्दुराष्ट्रसहित राजसंस्था स्थापना हुन्छ–हुन्छ राजाराम श्रेष्ठ, राप्रपा नेपालका सहमहामन्त्री एवम् प्रचारप्रसार विभाग प्रमुख

२७ जेष्ठ २०६९, शनिबार १८:०२ मा प्रकाशित

पछिल्ला दिनमा राप्रपा नेपाल पनि विभिन्न विरोध, ¥याली र आमसभामा उत्रिएको छ, केका लागि तपाईंहरु सडकमा आउनुभएको हो ?
– नेपाली जनताकोत राजसंस्था खारेजीको घोषणा गर्दै संघीय गणतन्त्रमा प्रवेश गरेको दाबी गर्ने राजनीतिक दलहरुले मुलुकलाई झन्–झन् अवनति र विखण्डनकै संघारमा पु¥याए । यो अवस्थाबाट बचाउँदै पुनः देशलाई एकसुत्रमा आवद्ध गर्न राजसंस्था अपरिहार्य रहेको समयले दर्शाइसकेको छ । उठ्दैनउठेको माग अचानक प्रस्तावका रुपमा ल्याएर हिन्दुअधिराज्यको मर्ममाथि घात गर्नेजस्ता दलहरुको गलत निर्णय सच्याउनका लागि पनि हामी जनता जगाउने अभियानमा उत्रिएका हौं ।

तपाईंका अध्यक्ष कमल थापाले त राजसंस्था ब्युंतिसकेको अनौठो अभिव्यक्ति दिएका छन् नि, कसरी ब्युंतियो राजसंस्था बताउन सक्नुहुन्छ ?
– यो अभिव्यक्तिलाई अनौठो मान्नुपर्ने कुनै कारण छैन । स्पष्ट भएको कुरा हो कि अन्तरिम संविधानले निर्दिष्ट गरेअनुरुपका कुनै पनि कुरा देशले आज प्राप्त गर्न सकेन । राष्ट्रियता झन्–झन् कमजोर भएर गएको अवस्था छ भने मुलुकमा सर्वसत्तावाद हाबी हुने परिस्थिति सघन बनेको छ । जुन उद्देश्य बोकेर अन्तरिम संविधान–०६३ आयो, जुन उद्देश्यले संविधानसभाको निर्वाचन भयो, त्यो उद्देश्य प्राप्त नभइकन त्यो निकाय नै समाप्त भएपछि त्योभन्दा पूर्वको अवस्थामा नपुगे देश कहां पुग्छ त ? संविधानविहीन अवस्थामा त देश रहन सक्दैन नि । यसअनुसार ०६३ को अन्तरिम संविधानभन्दा अघिको अवस्था भनेको राजसंस्थासहितको अवस्था हो । तसर्थ, राजसंस्था संवैधानिक र राजनीतिक रुपले पुनः स्थापित भएको आजको अवस्था हो । यसलाई स्पष्टसंग जनतामाझ राख्दैछौं हामी । नेपाली जनताले घोषणा गर्न मात्र बांकी छ अब यो ।

राजतन्त्र अपरिहार्यचाहिं कसरी भयो ?
– यसमा के दुविधा छ र ? नेपालको भौगोलिक परिवेश, सांस्कृतिक परिवेश र परम्पराअनुसार यहां कुनै न कुनै रुपको राजसंस्था अपरिहार्य छ भनेर हामीले भन्दै आएका हौं । राजासहितको प्रजातन्त्र नेपालमा आवश्यक छ भनेर हामीले हचुवाको भरमा विनाआधार बोलेका होइनौं । यसमा राप्रपा नेपालको कुनै राजनीतिक स्वार्थ पनि छैन । राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दु बनाएर बोलेका हौं । राष्ट्रिय एकताको प्रतीकको भूमिका निर्वाह गर्न सक्ने अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने राजसंस्था यसैले अपरिहार्य छ । गएको जेठ १४ भित्र संविधान बनाउन नसके प्राप्त उपलब्धि गुम्नेछ भनी कथित ठूला राजनीतिक दलहरुले भन्दै आएका थिए । त्यो ‘प्राप्त उपलब्धि गुम्ने’ भनेको संविधान नबने गणतन्त्र रहंदैन भनेको हो । उनीहरुको सोही अभिव्यक्ति अनुसार पनि अब नेपालमा गणतन्त्र बच्न सकेन र स्वतः राजसंस्था स्थापित भयो भन्ने हाम्रो धारणा छ ।

कुनै न कुनै तवरको राजसंस्था भन्नुभयो, यसमा कुन–कुन तवर पर्छन् ?
– राष्ट्रिय एकताको प्रतीकको रुपमा रहने, अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने र सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रअनुरुपको राजसंस्थातर्फ म इङ्गित गर्दैछु । राजसंस्थालाई पाखा लगाइसकेपछि अहिले जुन जातीय विखण्डनको कुरा उठेको छ, सबैले आ–आफ्नो जातीको राज्य मान्ने प्रवृत्ति जो देखापरेको छ यसले पनि एकताको प्रतीकको रुपमा रहने राजसंस्था आवश्यक भएको हो । नेपाली जनतालाई जात, धर्म, भाषाको नाममा लडाएर वैदेशिक शक्तिले आफ्नो स्वार्थ सिद्ध गर्ने जो उपक्रम चलेको छ, यसलाई रोक्न सबैको आस्था र एकताको केन्द्रका रुपमा राजसंस्था चाहिएको छ । राजसंस्थालाई पाखा लगाउनेवित्तिकै सबै समस्या हल हुन्छ भनी हिजो दाबी गर्ने दलीय नेतृत्वले जनतासमक्ष उभिने नैतिकता नै गुमाइसकेको छ । राजसंस्थालाई पाखा लगाएपछि मुलुकमा समस्या समाप्त हुंदैगए कि नयां–नयां थपिंदै गए ? जनताले अब बोल्ने र मुल्यांकन गर्नुपर्ने भएको छ ।

तपाईंहरुलाई जातीयतामा आधारित संघीयता चित्त नबुझेको कि संघीयता नै चित्त नबुझेको ? कि गणतन्त्रपछिको समग्र परिवर्तनप्रति नै असहमति हो ?
– साइनवोर्डमा मात्र परिवर्तन र उपलब्धि लेखेर हुंदैन, त्यो त जनताले अनुभूत गर्न पाउनुपर्छ । संविधान बन्न नसक्नुको एउटा मूख्य कारण संघीयता पनि हो भन्ने त सबैले बुझिसकेका छन् । संघीयता नेपाली जनताले खोजेका होइनन् भन्ने त स्पष्ट भइसकेको छ । संघीयता आयातित विचार भएकोले यहां फाप्न पनि सक्दैन । नेपाललाई संघीयता आवश्यक छैन ।

के आवश्यक छ त ?
– पूर्ण स्वतन्त्रतासहितको स्थानीय स्वायत्त शासन नेपालको परिवेशमा सबभन्दा उपयुक्त हुन सक्छ ।

कांग्रेस–एमालेका नेताहरुले त लोकतान्त्रिक गणतन्त्र अब कहिल्यै नढल्ने उद्घोष गरे नि, तपाईंहरुको कुरा अब निरर्थक हुंदैन र ?
– गणन्त्रलाईं सांच्चिकै संस्थागत गर्ने हो भने सकारात्मक परिवर्तनका संकेत देखापनुपर्ने हो, तर त्यो लक्षण नै देखिएन । राजसंस्थालाई पाखा लगाएर गणतन्त्र घोषणा गरेको दिनदेखि जनताले के पाए त ?

तपाईंहरुको घोषणा घोषणामै सिमित नहोला भन्ने आधार के ?
– हामी बोली र व्यवहारलाई एकरुपता दिएर अघि बढ्नुमा विश्वास राख्ने शक्ति हौं । कथनी र करणीमा भिन्नता हुंदैन हाम्रो । हामी देश र जनता, राष्ट्रियता र प्रजातन्त्रका लागि मन, बचन र कर्मले प्रतिवद्ध छौं । जनताले राप्रपा नेपाललाई स्पष्ट विचार बोकेका पार्टीका रुपमा यसै ग्रहण गर्न थालेका होइनन् । प्रजातान्त्रिक राष्ट्रवादी शक्तिका रुपमा राप्रपा नेपाल यसै उभिएको होइन ।

राजसंसथा पुनस्र्थापनाको कुरा उठ्नु–उठाइनु भनेको भ्यागुताको धार्नी पु¥याउनु भनेजस्तै हो भन्छन् नि अन्य दलका नेताहरु त ?
– उनीहरु त के–के भन्छन् के–के । दुई वर्षमा संविधान र नयां नेपालको जग हाल्छौं भनी हुंकार गर्ने उनीहरु नै थिए । तर के–के गरे त ? तिनका बोली के इश्वरको बोली हो र तिनले भनेको मात्रै हुने ? राजनीतिक घटनाक्रम र परिस्थितिको विकासका आधारमा स्वस्थ विश्लेषण गर्नेले त्यस्ता हावादारी र अरुलाई होच्याउने कुरा गर्दैनन् ।

तपाईंको दाबीलाई विश्वास गर्ने आधारचाहिं के हो त ?
– हामीले जनतालाई ढांट्ने–छल्ने काम गरेका छैनौं । जे हो त्यो बोलेका छौं, ज बोलेका छौं त्यसैलाई व्यवहारमा उतारेका छौं । जनतालाई गुमराहमा नपारी समयको मागअनुरुपको राजनीतिक विचारका साथ जनताको घर–आंगनमा ओर्लिएका छौं हामी । अनि हामीप्रति विश्वास बढ्नु के अस्वाभाविक भयो र ? जनताको सर्वोच्चतालाई स्वीकार गरेर मन, बचन र कर्मले जनताको सम्मान र सेवा गर्नेलाई विश्वास नगरे कसलाई गर्ने त ? संविधान दिने संस्थाकै हत्या गरेर जनतालाई गुमराहमा पार्ने असफल दलहरुको विकल्पमा अब राप्रपा नेपाल मात्रै छ ।

राजसंस्था भन्नेवित्तिकै जनताको हृदयमा एउटा निरंकुश शक्ति हो भन्ने भान पर्छ, यस्तोमा फेरि राजासहितको गणतन्त्र भनेको कस्तो कुरा हो ?
– निरंकुश राजतन्त्रको पक्षमा नेपाली जनता छैनन्, राप्रपा नेपाल पनि छैन । तर राजसंस्था भन्नेवित्तिकै निरंकुश हुन्छ भन्ने भ्रमचाहिं पाल्नु हुंदैन । प्रजातन्त्रको जननी बेलायतमा राजासहितको प्रजातन्त्र छ, जाानमा राजासहितको प्रजातन्त्र छ, विश्वका समृद्ध २० मध्ये १३ वटा देशमा राजासहितको प्रजातन्त्र छ । त्यसैले राजा रहेका देशमा प्रजातन्त्र नरहने भन्न होइन ।

भारतीय राजदूत र पूर्वराजा ज्ञानेन्द्रबीच हालै भेटघाट भएको चर्चा चलेको छ, यथार्थ के हो र यदि त्यो सही हो भने किन भयो होला यस्तो भेटघाट ?
– कुन प्रसंगमा कसको कोसंग भेटघाट हुन्छ भन्ने सब कुरा सबैलाई थाहा हुने कुरा पनि भएन । यसबारे यति मात्र भनौं होला ।

पूवृराजा ज्ञानेन्द्र के गर्दैछन् आजकाल थाहा छ तपाईंलाई ?
– हामीले बाहिरबाट सर्सरी अनुमान लगाउंदा देशमा शक्ति तथा नेपाल र नेपालीको उन्नतीको कामना गरेर उहां दिन बिताइरहनु भएको हुनुपर्छ भन्ने लाग्छ । अरु भूमिका राज्यले उहांलाई के दिएको छ र ?

– राजसंस्थाको माग गर्नेभन्दा नगर्नेको संख्या अत्याधिक छ भन्ने तपाईंलाई लाग्दैन ? यस्तोमा राप्रपा नेपालको राजनीतिक भविष्य के होला ?
– त्यस्तो लाग्दैन मात्रै होइन कि यो कुरा सत्य होइन । यदि निश्पक्ष ढंगले जनमत बटुल्ने ब्यवस्था गर्ने हो भने वास्तविक बाहिर आइहाल्छ । राजसंस्था, हिन्दुत्व, जात र भाषाको आधारमा संघीयता हुनुहुंदैन भन्ने कुरामा अडान लिंदै आएको राप्रपा नेपाल ‘माछा आए भित्र हात सांप आए बाहिर हात’ गर्ने अवसरवादी पार्टी होइन । यही अडान र स्पष्टताका कारण आज राप्रपा नेपालप्रति जनआकर्षण र जनसमर्थन बढिरहेको छ । हाम्रो पार्टीको भवष्य सुनौलो छ । हामे इष्र्या गर्नेहरुले मात्र हाम्रो अस्तित्वबारे नकारात्मक कुरा गर्छ । भोलीको नेपालको नेतृत्व राप्रपा नेपालकै कांधमा आउने छ, त्यो दिन टाढा छैन, हेर्दै जानुहोला ।

त्यसोभए देशमा फेरि राजसंस्था आउने नै भयो त ?
– आउने र नआउनेभन्दा पनि यसरी बुझौं कि हिजो राजसंस्था रहंदाको अवस्था र आज गणतन्त्र भनिएको परिवेशलाई दांजेर हेरौं, जनताले के पाए के गुमाए पनि हेरौं र राष्ट्रमा सद्भाव किन खल्बलिंदैछ बुझौं अनि एकताको आधारसुत्र–संस्था के हुनसक्छ, त्यो पनि हेरौं ।

प्रतिक्रिया
सम्बन्धित खवर

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो ।

काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी