शाहीलाई गोली हान्ने गुणगर्दीमा संलग्न रहेको प्रहरीको दाबी

२७ जेष्ठ २०६९, शनिबार १४:०६ मा प्रकाशित

अनेरास्ववियु अस्कलका उपसभापति वशन्त शाहीलाई गोली प्रहार भएको घटनामा संलग्न दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अमृत साइन्स क्याम्पसका स्ववियु उपसभापति बिरबहादुर राउत र अनेरास्ववियुका कार्यकर्ता मुकेश नेपालीलाई प्रहरीले सो अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले घटना सुनियोजित नभई अकस्मात भएको बयान जारी गरेको छ । सोही संगठनका मनोज खत्री नामक अर्का कार्यकर्ता फरार रहेको र उनलाई पक्राउ गरेपछि घटनाबारे थप वास्तविकता उजागर हुने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एकै कलेजका विद्यार्थी शाही विहिवार बेलुका सोह्रखुट्टे नयां बजारमा रहेको रावतको कोठामा बस्न गएका थिए । नेपाली समेत विहिवार बेलुका रावतकै कोठामा बसेका थिए भने उनीहरुबीच क्याम्पसमा हुन लागेको स्ववियु निर्वाचनमा शाही अध्यक्षको उम्मेद्वार हुने सम्बन्धी विषयमा छलफल चलेको बताइएको छ । शाही निकटकाअनुसार विवादबारे छलफल गर्न रावलले नै उनलाई आफ्नो कोठामा बोलाएका थिए । कोठामै रहेका खत्रीले आफुसंग भएको पेस्तोल निकालेर कोठामा रहेका तीनै जनालाई पेस्तोल चलाउने कला देखाएका थिए । उनले पेस्तोल निकालेर गोली लोड कसरी गर्ने, कसरी ताक्ने र कसरी हान्ने भनी सिकाउंदै गर्दा अचानक पेस्तोल पड्किएर शाहीको घांटीमा लागेको थियो । घटनालगत्तै रावतको कोठामा पुगेको प्रहरीले लोबेडको कुनामा लुकाएर राखेको झोला फेला पारेको थियो भने झोलाभित्र अमेरिकी पेस्तोल र तीन राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।
फरार मनोज खत्री यसअघि पनि पटक पटक गुण्डागर्दीमा संलग्न रहंदैआएको पनि प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने