आन्तरिक विवादबीच एमालेले कार्य विभाजन गर्ने

९ चैत्र २०७१, सोमबार १०:२२ मा प्रकाशित

काठमाण्डौ चैत्र ९ । आन्तरिक विवादका बीच नेकपा एमालेले नेताहरुको कार्यविभाजनको तयारी गरेको छ । कार्यविभाजनको विÈयमा छलफल गर्न एमालेको सचिवालयको बैठक सुरु भएको छ ।
सचिवालयले तयार गरेको कार्यविभाजन मध्याह्न बस्ने स्थायी समिति बैठकमा पेश गरिने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
महाधिवेशनको ९ महिनासम्म पनि नेताहरुको कार्यविभाजन हुन नसकेपछि अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किएको छ ।
नेपाल पक्षले सचिवालयमा छलफलपछि मात्र कार्यविभाजनको प्रस्ताव स्थायी समितिमा ल्याउनुपर्नेमा जोड दिएपछि सचिवालयको बैठक बसेको हो ।
सचिवालयमा छलफल नभएको भन्दै हिजो बसेको स्थायी समिति बैठकमा नेता नेपाल अनुपस्थित भएका थिए ।
नेपाल पक्षले पार्टीको बैठक निवासमा नभइ पार्टी कार्यालयमा राख्नुपर्नेमा समेत जोड दिएको छ । अध्यक्ष विरामी भए कार्यवाहक तोक्न समेत उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन