राष्ट्रपति डा यादव र अध्यक्ष दाहालबीच भेटवार्ता

९ चैत्र २०७१, सोमबार १०:०८ मा प्रकाशित

काठमाडौं, चैत्र ९ । राष्ट्रपति डा रामवरण यादवसँग एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज बिहान राष्ट्रपति भवन,शीतल निवासमा भेटवार्ता गर्नु भएको छ ।

भेटमा राष्ट्रपति डा यादवले समयमै सहमतिमा संविधान जारी हुनुपर्ने बताउँदै त्यसका लागि विगतको आन्दोलनकारी दलबीच सहमति हुनुपर्नेमा जोड दिनुभएको थियो ।

अध्यक्ष दाहालले सहमतिमै संविधान जारी हुने अवगत गराउँदै त्यसका लागि सत्तारूढ दलहरुसँग पहल गरिरहेको बताउनुभएको उहाँका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिनुभयो ।

राष्ट्रपति यादव र अध्यक्ष दाहालबीच संविधान निर्माणबाहेक दुवैको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको स्वकीय सचिव खड्काले बताउनुभयो । राष्ट्रपति यादव र अध्यक्ष दाहाल दुवैले यसै साता चीनको भ्रमण गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई