राजधानीमा अवकासप्राप्त सेनाको शव भेटियो

९ चैत्र २०७१, सोमबार १०:०० मा प्रकाशित

काठमाडौं, चैत्र ९ । राजधानीको थापागाउँमा सोमबार बिहानै हत्या गरेर फालिएको अवस्थामा नेपाली सेनाका अवकासप्राप्त सुबेदारको शव फेला परेको छ । यसले राजधानीको सुरक्षा अवस्था कमजोर रहेको देखाएको छ ।
देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार छेउको हनुमानथानबाट थापागाउँतर्फ जाने विजुलीबजार पुलकै छेउमा सोमबार बिहानै शव फेला परेको हो ।
मृतक दाङ घर भएका नेपाली सेनाका अवकाशप्राप्त सुबेदार द्रोणबहादुर सेन रहेको प्रहरीले जनाएको छ ।
दाङ घर भई बानेश्वर पञ्चकुमारी मन्दिर छेउमा हरी थापामगरको घरमा डेरा गरी बस्ने सेनलाई राति कसैले मारेर फालेको भेटेपछि सोमबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृतक सेनको टाउकोमा चोट लागेको देखएको छ । घटना कसरी भयो भनेर अहिल्यै बताउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
खोला छेउमा घोप्टो परेको अवस्थामा फेला परेको शवको टाउकोमा रगत देखिएको हुनाले हत्या गरी फालिएको हुन सक्ने प्रहरीको आशंका छ । हत्या भएको स्थल सिंहदरबारबाट एक किलोमिटर भन्दा टाढा छैन ।
हत्याको घटना पश्चात राजधानीका सर्वसाधारणमा समेत सन्त्रास फैलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले