इङ्गलिश प्रिमियर लिगमा चेल्सी, म्यान्चेस्टर युनाईटेड विजयी

९ चैत्र २०७१, सोमबार ०९:४६ मा प्रकाशित

काठमाडौं, चैत्र ९ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएका खेलहरुमा चेल्सी, म्यान्चेस्टर युनाईटेड र एभर्टन विजयी भएका छन् ।
लिग लिडर चेल्सीले हल सिटीलाई उसैको मैदानमा ३-२ ले हरायो ।
खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्ड, डिएगो कोष्टा र लोईक रेमीले एक एक गोल गरे । हल सिटीका अल मोहोमादी र अबेल हर्नान्डेजले एक एक गोल गरे ।
गएरातीको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई २-१ ले हरायो ।
म्यान्चेस्टर युनाईटेडको लागि दुबै गोल हुँवा माटाले गरे । लिभरपुलका ड्यानिएल स्टरीजले एक गोल फर्काए ।
गएराती भएको अर्को खेलमा एभर्टनले क्विन्स पार्क रेन्जर्सलाई २-१ ले हरायो । गएरातीका खेलहरुपछि २९ खेलबाट ६७ अंक जोडेको चेल्सी शिर्ष स्थानमा कायमै छ ।
एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी ६१ अंकको साथ दोस्रो स्थानमा छ भने तेस्रो स्थानको आर्सनलको ६० अंक छ । ५९ अंकको साथ म्यान्चेस्टर युनाईटेड चौथो स्थानमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको

कास्की । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मर्स्याङ्दी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने ५ बजे

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि