युवासंघ भित्रको विवाद चुलियो

९ चैत्र २०७१, सोमबार ०६:५८ मा प्रकाशित

काठमाण्डौ चैत्र ९ । युवा सङ्घ नेपालको असन्तुष्ट पक्षको भेलाले दिलु पन्तको संयोजकत्वमा ‘वैचारिक साङ्गठनिक रुपान्तरण अभियान’ गठन गरेको छ ।

सङ्घको उपाध्यक्ष रहनुभएकी पन्तको संयोजकत्वको उक्त अभियानमा अर्को उपाध्यक्ष राजु गुरुङ, सचिवहरु अशोककुमार चन्द, नरेशकुमार शाह, हस्तबहादुर शाही र मञ्जु यादवलगायत सदस्य रहेका छन् ।

त्यसैगरी, अभियानमा केन्द्रीय सचिवालय सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरु, अञ्चल कमिटी पदाधिकारी, जिल्ला कमिटीका अध्यक्षहरु रहेका छन् ।

अभियानका संयोजक पन्तले युवा सङ्घको अर्को समानान्तर कमिटी नभएर देशव्यापी रुपमा एकताका साथ सङ्गठन सुदृढीकरणका लागि नयाँ अभियान सुरु गरेको र सोमबार बैठक बसी थप योजना तय गरेर अघि बढने बताउनुभयो ।

भेलाको उद्घाटन नेकपा ९एमाले०का नेता माधवकुमार नेपालले गर्नुभएको थियो भने अभियानको गठन गर्दा पार्टीका पोलिटब्युरो सदस्यद्वय बेदुराम भूसाल र पशुराम मेघी गुरुङ र केन्द्रीय सदस्यहरु राजेन्द्र राई, रामकुमारी झाँक्री, वैकल्पिक केन्द्रीय सदस्य रचन खड्कालगायतको उपस्थिति रहेको थियो ।

सङ्घका अध्यक्ष महेश बस्नेतले अध्यक्ष पदबाट राजीनामा दिएर उपाध्यक्ष निरु पाललाई अध्यक्ष बनाएपछि सङ्घमा नेता नेपाल निकट पक्ष असन्तुष्ट भएका थिए ।

संस्थापन पक्षको भने आजै हेटौँडामा विस्तारित बैठकको आयोजना गरेकोे छ । परिषद् भेला बेलाउने भनिएता पनि पार्टी केन्द्रकोे निर्देशनमा सङ्घले विस्तारित बैठकको आयोजना गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च