विप्लव माओवादीले नेपाल बन्द गर्ने

८ चैत्र २०७१, आईतवार २०:०५ मा प्रकाशित

काठमाडौं, चैत ८ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दसहितका आन्दोलनमा कार्यक्रम घोषणा गरेको छ ।
कालोझण्डा प्रदर्शन गर्ने नेता कार्यकर्तालाई गिरफ्तार गरिएको बिरोधमा विप्लव माओवादीले नेपाल बन्दको घोषणा गरेको हो ।
आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा विप्लव माओवादीले बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
शुक्रबार लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको घरमाका कालो झण्डा गाड्न गएका बेला विप्लव माओवादीका स्थायी समिति सदस्य ईश्वरी दाहाल, पूर्वराज्यमन्त्री पदम राईसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
विप्लव माओवादीले आइतबार पत्रकार सम्मेलन गरी चैत ९ गतेबाट नेता रिहाइको माग गर्दै आन्दोलन सुरु गर्ने बताएको छ । आन्दोलनका कार्यक्रम अनुसार चैत ९ गते कोणसभा र १४ गतेसम्म प्रचार-प्रसार र १५ गते जीएमआर कार्यालय घेराउ गरिने उल्लेख छ ।
त्यस्तै १६ गते देशका सबै जिल्ला कार्यालय घेराउ, १७ गते मशाल जुलुस र १८ गते नेपाल बन्द गर्ने स्थायी समिति सदस्य धर्मेन्ऽ बास्तोलाले जानकारी दिए ।
बास्तोलाले अबका दिनका संघर्षमा राधेश पन्तको घरमा मात्र नभई प्रधानमन्त्रीको घरमा समेत कालोझण्डा गाढ्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ