विश्वकप क्रिकेटः बुधवारदेखि सेमिफाइनलका खेलहरु हुने

८ चैत्र २०७१, आईतवार १०:५० मा प्रकाशित

काठमाडौं, चैत्र ८ । न्यूजिल्यान्ड र अष्ट्रेलियामा जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पुरा भएको छ ।
बुधवार हुने पहिलो सेमीफाइनल खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दा विहिवार अष्ट्रेलिया र भारत भिड्नेछन् ।
हिजो भएको अन्तिम क्वाटरफाईनल खेलमा वेष्ट इन्डिजलाई १सय ४३ रनले पराजित गर्दै न्युजिल्याण्ड सेमीफाईनलमा पुगेको हो ।
अन्तिम चारमा उसको प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाले क्वाटरफाईनलमा श्रीलंकालाई हराएको थियो ।
उता साविक विजेता भारतले क्वाटरफाईनलमा बंगलादेशलाई हराएको थियो भने अष्ट्रेलियाले पाकिस्तानलाई निरास पारेको थियो ।
यसपटक पनि विश्वकप क्रिकेटमा आयोजक टोलीको प्रभाव देखिएको छ । दुई आयोजक मुलुकहरु न्युजिल्याण्ड र अष्ट्रेलियाले शानदार प्रदर्शन गरिरहेका छन् ।
हालसम्मका सबै ७ खेलमा अपराजित न्युजिल्याण्डले बलियो दावेदारी दिंदा साविक विजेता भारत पनि अहिलेसम्मका सबै ७ खेलमा विजयी भएको छ ।
अर्को आयोजक राष्ट्र अष्ट्रेलियाले समुह चरणमा एक खेल हारेको थियो ।
यसैगरी पहिलो पटक सेमीफाईनलमा पुगेको दक्षिण अफ्रिकाले समुह चरणका दुई खेलमा फितलो प्रदर्शन गरेपनि त्यसपछि भने शानदार लय समातेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान