संविधान लेखनमा राष्ट्रपतिको चासो

८ चैत्र २०७१, आईतवार १०:१० मा प्रकाशित

काठमाण्डौ चैत्र ८ । संबिधान लेखनमा आएको गतिरोध अन्त्यको लागि राष्ट्रपति डा. रामवरण यादवले पहल थाल्नु भएको छ ।
दलहरुवीच देखिएको संबाद हिनताको वातावरणलाई चिर्न राष्ट्रपति यादवले शीर्ष नेताहरुलाई छलफलका लागि आज दिउसो बोलाउनुभएको छ ।
राष्ट्रपतिको पहलमा राष्ट्रपति कार्यालय सितल निवासमा आज दिउँसो बस्ने बैठकमा संविधानसभामा तीनभन्दा बढी सभासद्को प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षहरु सहितका नेताहरु सहभागी हुनेछन् ।
छलफलमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसमेतलाई बोलाईएको छ ।
छलफलमा प्रमुख तीन दलका तर्फबाट भने अध्यक्षसहित तीन÷तीन जनालाई आमन्त्रण गरिएको छ । नेपाली कमग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई बोलाइएको छ ।
यस्तै, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा.बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई आमन्त्रण गरिएको सितल निवास स्रोतले बताएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक