एमालेको केन्द्रीय बैठक बस्दै

२७ जेष्ठ २०६९, शनिबार ०८:३५ मा प्रकाशित

काठमाडौं, २७ जेठ । नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक एमाले केन्द्रीय कार्यालय बल्खुमा अहिले ११ बजेबाट बस्दैछ । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, कार्यकर्ता भेला र पार्टीको आन्तरिक गतिविधिका बारेमा बैठकमा छलफल हुने सचिव युवराज ज्ञवालीले जनाएका छन् । एकल जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना या संघीयतामा जानुपर्ने भन्दै पार्टीका आदिवासी तथा जनजाती नेताहरुले त्यसो नभए पार्टी छाड्ने चेतावनी दिएपछि एमालेले केन्द्रीय कमिटिको बैठकमार्फत् उनीहरुलाई मनाउने प्रयास गरेको हो । एमाले उपाध्यक्ष अशोक राई र रामचन्द्र झा जस्ता मधेसी नेताहरुले पार्टी छाड्ने धम्की दिएपछि एमालेभित्र निकै ठूलो हलचल देखापरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत