डा. के.सी. फेरि अनसनमा

८ चैत्र २०७१, आईतवार १०:०१ मा प्रकाशित

काठमाण्डौ चैत्र ८ । त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जका डाक्टर गोविन्द केसी फेरि अनसनमा बस्दै हुनुहुन्छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै उहाँ आज देखि पुन अनशनमा बस्न लाग्नुभएको हो ।
यसअघि चार पटकसम्म अनशन बस्दा सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उहाँले अनशन तोड्नुभएको थियो ।
तर सरकारले जनाएको प्रतिबद्धता पूरा नगरेको भन्दै पुन डा केसी अनशन बस्न लाग्नु भएको हो ।
चिकित्सा शिक्षालाई नियमन गर्ने लगायतका आफूसँग भएको सम्झौता विपरित सरकारले एक पछि अर्को निर्णय गर्न थालेको भन्दै डाक्टर केसीले त्यस्तो निर्णयको खारेजी र निर्णयमा संलग्नलाई कारबाही गर्न माग गर्नुभएको छ ।
गत कात्तिकमा प्रधानमन्त्री सुशील कोइरालाले अरु माग सहित चिकित्सा नीति नबन्दासम्म सम्बन्धन रोक्न निर्देशन दिएपछि डाक्टर केसीले अनशन तोड्नु भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री