राजधानीमा युरोपेली चलचित्र महोत्सव सुरु

७ चैत्र २०७१, शनिबार २२:०५ मा प्रकाशित

काठमाडौँ, ७ चैत । युरोपेली सङ्घको आयोजनामा राजधानीमा ‘युवाको आवाज’ शीर्षकमा शुक्रवारदेखि चौथो चलचित्र महोत्सव सुरु भएको छ । युरोपेली प्रतिनिधिमण्डलको आयोजना तथा ब्रिटिस काउन्सिल र सङ्घका आबद्ध २७ मुलुकको सहकार्यमा आयोजित पाँचदिने मेलाको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले उद्घाटन गरे ।

त्यस अवसरमा उनले महोत्सवमा प्रदर्शन गरिने १९ मुलुकका चलचित्रले विश्वभरका युवाका चासो सम्बोधन गरेको बताउँदै युरोपका बारेमा जानकारी लिन पनि महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मुख्यसचिव लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्व राजदूत, विभिन्न राजनीतिक दलका नेता, कलाकार र वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

महोत्सवमा अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक डेनमार्क, जर्मनी, इटाली, फ्रान्स, फिनल्यान्ड, आयरल्यान्ड, ग्रीस, स्लोभाकिया, लिथवानिया, हङ्गेरी, लम्जेम्बर्ग पोर्चुगल, स्पेन, नेदरल्यान्डस् र संयुक्त अधिराज्यका चलचित्र प्रदर्शन गरिनेछ ।

कमलपोखरीस्थित कुमारी चलचित्र घरमा बिहान ११ बजे र अपराह्न साढे तीनबजे गरी दैनिक दुईवटा चलचित्र प्रदर्शन हुने र ‘पहिले आउने सेवा पाउने’ आधारमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत