अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा

७ चैत्र २०७१, शनिबार २२:०२ मा प्रकाशित

काठमाडौं, ७ चैत । अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । एडिलेडमा शुक्रबार भएको क्वाटरफाइनमा पाकिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो ।

पाकिस्तानले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य अष्ट्रेलियाले ३३ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । अष्ट्रेलियाका स्टेभेन स्मिथले ६५, सेन वाट्सनले नटआउट ६४, ग्लेन म्याक्सवेलले नटआउट ४४ तथा डेविड वार्नरले २४ रन बनाए । पाकिस्तानका वहाब रियाजले दुई तथा एहसान आलिद र सोहेल खानले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४९ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर २ सय १३ रन बनायो । पाकिस्तानको हरिस सोहेलले सबैभन्दा धेरै ४१ रन बनाए । यस्तै कप्तान मिसवाह उल हक पनि ३४ रनमा आउट भए । अष्ट्रेलियाका जोश हज्लेडले ४ तथा मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले समान २ विकेट लिए ।

अष्ट्रेलियाले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा भारतको सामना गर्नेछ । भारत बिहीबार भएको खेलमा श्रीलंकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र