यमनको मस्जिदमा बम आक्रमणमा एकसय बयालीसको मृत्यु, आईएसले जिम्मेवारी लियो

७ चैत्र २०७१, शनिबार २१:५७ मा प्रकाशित

साना, ७ चैत । यमनको राजधानीमा अवस्थित सिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १४२ व्यक्तिको मृत्यु भएको छ भने इस्लामिक स्टेट समूहले उक्त आक्रणको जिम्मेवारी लिएको छ । सङ्घर्षग्रस्त यस मुलुकमा यस घटनालाई सबैभन्दा घातक जिहादी आक्रमणको रूपमा लिइएको छ ।

यमनमा आईएसले दाबी गरेको यो पहिलो आक्रमण हो र यसले आफूलाई बलियो शक्तिको रूपमा प्रस्तुत गरेको छ । उसका प्रतिद्वन्द्वी सबैभन्दा ठूलो जिहादी सङ्गठन अल–कायदा समूहले भने आफूले मस्जिदमा आक्रमण नगर्ने बताएको छ ।

राजधानी सानालाई हुथी सिया लडाकूले नियन्त्रणमा लिएका छन् र यो आक्रमण उनीहरूका समर्थकमाथि लक्षित रहेको थियो ।प्रार्थनाकर्मीले घाइतेलाई पिक–अप ट्रकमा राखेर अस्पताल लगेका थिए भने अरुले त्यहाँबाट अङ्गभङ्ग भएका शरीरका भाग हटाएका थिए । एक आत्मघाती बम आक्रमणकारीले सानाको दक्षिणी भागमा रहेको बद्र मस्जिदमा आफूलाई विस्फोट गराएका थिए भने प्रार्थनाकर्मी भाग्दा अर्काले उनीहरूमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए ।

अर्का आत्मघाती बम आक्रमणकारीले सानाको उत्तरी भागमा अवस्थित अल–हासहुस मस्जिदमा आक्रमण गरेका थिए भने चौथोले उक्त मस्जिदको बाहिरी भागमा आक्रमण गरेका थिए । यी जानकारी हाल हुथीको नियन्त्रणमा रहेको साबा समाचार संस्थाले दिएको हो । स्वास्थ्य मन्त्रालयका नसवान अल–अताबले यस घटनामा १४२ व्यक्तिको मृत्यु भएको तथा १५३ व्यक्ति घाइते भएको जानकारी दिए । हुथी टीभीले अस्पतालहरूले तत्कालै रक्तदान गर्न जनतालाई आग्रह गरेको जानकारी दिएको छ ।

चिकित्सा स्रोतले मर्नेमा बद्र मस्जिदका इमाम पनि परेको जानकारी दिएको छ ।अर्का आत्मघाती बम आक्रमणकारीले सादामा एक मस्जिदनजिकै आफैँलाई विस्फोट गराएको जानकारी आईएस लडाकू समूहसँग नजिकको सम्बन्ध रहेको लडाकूले जानकारी दिएको छ ।हाँ भने आक्रमणकारीको मात्र मृत्यु भएको र मस्जिदमा गरिएको कडा सुरक्षा कारण निजलाई मस्जिदभित्र जान रोकिएको उक्त स्रोतले बताए । इन्टरनेटमा जारी गरिएको एक विज्ञप्तिमा आईएसको साना शाखाले यो आक्रमण निकै ठूलो शृङ्लामा सानो भाग भएको दाबी गरेको छ ।

विज्ञप्तिमा इस्लामिक स्टेटका सेनाले हुथीलाई नष्ट नगरेसम्म चुप नलाग्ने बताइएको छ । उनीहरूले हुथी यमनमा इरानी योजनाको एक भाग भएको दाबी गरेका छन् । हुथीले इरानबाट सहयोग लिएको आरोप लगाइएको छ ।

आईएस सुन्नी मुसलमान सङ्गठन हो र यसले सियालाई धर्मविरोधी ठान्छ । अल–कायदा इन द अरेबियन पेनिनसुलाले एक विज्ञप्ति प्रकाशन गरी यी बमआक्रमणमा आफ्नो कुनै हात नभएको दाबी गरेको छ ।विज्ञप्तिमा सेख ऐमान जवाहिरीले मस्जिद तथा बजारमा आक्रमण नगर्न र निरपराध मुसलमान जनताको जीवन रक्षा गर्न निर्देशन दिएकाले त्यसलाई पालना गरिने उल्लेख गरिएको छ ।हुथीले सेप्टेम्बर महिनामा सानालाई आफ्नो नियन्त्रणमा लिएको हो र त्यसपछि शक्तिमा उसले नियन्त्रण कायम गरेको छ । उनीहरूले आफ्नो क्षेत्र विस्तार गर्दा सुन्नी आदिवासी तथा अल–कायदाले घातक प्रतिरोध गर्ने गरेका छन् ।

अमेरिकाले मस्जिदमा आईएसले गरेको बम आक्रमणको भत्र्सना गरेको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले उक्त आतङ्कवादी आक्रमणको भत्र्सना गर्द सबै पक्षलाई आक्रमण रोक्न आग्रह गर्नुभएको छ । सन् २०१२ मा यमनका शक्तिशाली व्यक्ति अली अब्दुल्लाह सालेहलाई पदमुक्त गरेपछि यस मुलुकमा अराजकता देखिएको छ । रासस/एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त