एमाले भातृ संगठन यूवा संघको विवाद बढ्यो, समानान्तर संगठन, छुट्टा छुट्टै कार्यक्रम

७ चैत्र २०७१, शनिबार २१:५३ मा प्रकाशित

काठमाडौ, ७ चैत । एमाले शीर्ष नेताहरु पार्टीको भातृ संगठन यूवा संघमा बढ्दै गएको आन्तरिक कलह र समानान्तर संगठन निर्माणसंगै विभाजित बनेका छन । अध्यक्ष केपी ओली निकट निरु पाल समूहले शनिबार हेटौडामा आमसभा र दोस्रो विस्तारित बैठक सुरु गरेको छ । यता दिलु पन्त समुहले राजधानीमा समानान्तर कार्यक्रम आयोजना गरेको छ । शनिबार हेटौडामा आयोजित आमसभामा ओली पक्षका उपाध्यक्ष बामदेब गौतम, उपाध्यक्ष विद्या भण्डारी र महसचिव ईश्वर पोख्रेल सहभागि भएका छन । दिलु पन्त समूहले भने काठमाडौंको बागबजारमा शनिबार नै अर्को भेलाको आयोजना गरेको छ । बागबजारको भेलामा पार्टीका शिर्ष नेता माधवकुमार नेपाल, सचिव योगेश भट्टराई, पशुपति चौलागाइँ र रामकुमारी झाँक्री लगायतका नेता सहभागी भएका छन । तर हेटौडामा यूवा परिषदको बैठक बोलाईएकोमा पार्टीको यूवा फाँट हेर्ने शेरबहादुर तामाङ्गले रोक्न निर्देशन दिएपछि विस्तारित बैठकको रुपमा कार्यक्रम आयोजना गरिएको छ भने बागबजारमा राष्ट्रिय कार्यकर्ता भेलाको ठाँउमा विचार गोष्ठीको आयोजना गरिएको छ । पन्त समुहको भेलालाई सम्बोधन गर्दै एमाले नेता माधवकुमार नेपालले युवा संघका सचिव अशोक चन्दमाथि आक्रमण गर्नेहरुलाई कारबाही गरेर तत्काल युवा संघबाट हटाउन माग गरेका छन् । युवा संघको असन्तुष्ट पक्षले शनिबार बागबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गुण्डा, मुन्द्रेहरुलाई कारबाही गर्ने कि नगर्ने भन्दै यस्ता मुन्द्रेहरुलाई संरक्षण गरिन्छ भने संगठन कसरी चल्छ ? भनेर प्रश्न समेत गरेका छन् । युवा संघलाई रक्त चन्दन तस्कर, पैसा कलेक्टर र गुण्डाहरुको संगठन हुनबाट बचाउनुपर्नेमा उनले जोड दिए । तर, नेता नेपालले आफूले खास ठाउँमा कुरा उठाउने भन्दै असन्तुष्ट पक्षलाई अहिले नै समानान्तर समितिहरु नबनाउन आग्रह समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

जुम्ला । जुम्लामा सञ्चालित सहकारीले ठगिगरेका पाइएको छ । सहकारीका नाममा बचत उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका नागरिक ठगिएका हुन् ।

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा