वाग्मतीको ७ सय मेट्रिक टन फोहोर व्यवस्थापन

७ चैत्र २०७१, शनिबार १४:४८ मा प्रकाशित

काठमाण्डौँ, चैत्र ७ । वाग्मती नदी सफाइ महाअभियानले सुन्दरीघाटको राधास्वामी सत्सङग केन्द्र  आसापास क्षेत्रबाट आज करिब दुई हजार ७०० मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ ।
महाअभियानको ९७आँै शृङखलामा त्यस नदी क्षेत्र तथा किनारा क्षेत्रमा जथाभावी मिल्काइएका जैविक तथा भौतिक वस्तु निकालेर सफाइ गरिएको हो ।

केही हप्तादेखि कुलेश्वर, बल्खु त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार अगाडिको क्षेत्र हुँदै त्यस क्षेत्रको सफाइ हुँदै आएको छ ।

वाग्मतीलाई पहिलेकै स्वच्छ तथा स्वस्थ्य अवस्थामा फर्काउने उ्देश्यले ९७ हप्ताअघिदेखि बागदरबाट अभियान सुरु भएको हो । महाअभियान अब तीन हप्तापछि चोभारमा पुगेर पूरा हुनेछ ।

अन्तिम हप्ता त्यस नदीलाई राजधानीवासीले मानव साङलोले घेरा हालेर फोहर नगर्ने प्रतिबद्धता जाहेर गर्ने छन् ।

महाअभियानका प्रमुख मुख्यसचिव लीलामणि पौड्यालले मानव सभ्यतासँग जोडिएको सो नदी फोहर तथा मानव अतिक्रमणले गर्दा आक्रान्त भएपछि सुरु गरिएको महाअभियानमा विभिन्न तह तथा क्षेत्रबाट निरन्तर भएको सहयोगले नदीले आफ्नो मार्ग तथा गति लिन थालेको बताउँदै अब यसको प्रदूषण  न्यूनीकरणमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा