एसएलसी परीक्षार्थीको होस्टेलमै मृत्यु, छानबिन गर्नुपर्ने आफन्तको माग

७ चैत्र २०७१, शनिबार १४:४१ मा प्रकाशित

चितवन, चैत्र ७ । एसएलसी परीक्षाको तयारीका लागि चितवनको नेपाल आदर्श वोडिर्ङ स्कुलको होस्टेलमा बसेर अध्ययन गरिरहेका १६ वर्र्षीय गौरब बस्नेतको होस्टेलमा मृत्यु भएको घटना रहस्यमय भएको भन्दै उनको परिवारले यसबारे प्रहरी प्रशासनले गम्भीरतापूर्वक चासो नलिएको आरोप लगाएका छन् ।

आत्महत्या गरेको भनेर विद्यालयले गरेको दाबीलाई साथ दिएर प्रहरी प्रशासनले पनि घटनाको सत्यतथ्य बाहिर ल्याउन अरुचि देखाएको भन्दै परिवारले यसबारे सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।

गत चैत १ गते कठार–५,चितवनको नेपाल आदर्श बोडिर्ङ स्कुलमा एसएलसी तयारीका लागि होस्टेलमै बसेर तयारी गरिरहेका गौरबले झुन्डिएर आत्महत्या गरेको विद्यालयले जनाएको थियो ।

तर,परिवारले घटनाको प्रकृति र विद्यालयको व्यवहारले घटना आत्महत्या नभएर हत्या भएको आशंका उब्जाएको भन्दै यसबारे छानविन हुनुपर्ने माग गर्दै आइरहेको छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव