राप्रपा नेपालद्वारा आज बृहत आमसभा÷ हिन्दु अधिराज्य, राजसंस्था र ०४७ सालको संविधान ब्युंताउनु पर्ने प्रमुख माग

२७ जेष्ठ २०६९, शनिबार ०८:३० मा प्रकाशित

काठमाडौं, २७ जेठ । सोचेभन्दा भव्य रुपमा हिजो मोटरसाईकल र्याली सम्पन्न भएपछि उत्साहित बनेको राप्रपा नेपालले आज राजधानीमा बृहत आमसभाको आयोजना गर्दैछ । अपरान्ह २ बजेपछि खुलामञ्चमा हुने आमसभालाई सो पार्टीका अध्यक्ष कमल थापाल लगायतका नेताहरुले सम्बोधन गर्ने पार्टीका प्रचारप्रसार विभाग प्रमुख राजाराम श्रेष्ठले जानकारी दिएका छन् ।
संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्र र नेपाल अधिराज्यको संविधान २०४७ को पुनस्र्थापना जस्ता मुद्दा आफ्नो पार्टीको प्रमुख एजेण्डा रहेको बताउंदै आएको राप्रपा नेपालले आजको आमसभा पनि सोही मागलाई केन्द्रबिन्दुमा राखेर गर्न लागिएको स्पष्ट पारेको छ । उल्लेखित मुद्दामा जनमत बुझ्ने र आफ्नो शक्ति प्रदर्शनसमेत गर्नेगरी आमसभाको आयोजना गरेको पनि बताइएको छ । आमसभा सुरु हुनुपूर्व राप्रपा नेपालले राजधानीका विभिन्न स्थानबाट विविध झांकीसहितका जुलुस निकालिने पनि श्रेष्ठले जनाए । संविधानसभा असफल भएको भन्दै नयां जनादेशमा जानुपर्ने निर्णय गरेको राप्रपा नेपालले सरकारले घोषणा गरेको नयां निर्वाचनको मितिलाई भने स्वागत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत