
मोरङ, चैत्र ७ । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले ३० दलीय मोर्चाले घोषणा गरेको दोश्रो चरणको आन्दोलनलाई अब जनताले साथ नदिने बताउनु भएको छ ।
शनिबार विहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री सिंहले संविधान सडकबाट नबन्ने भन्दै उहाँले त्यसका लागी सबै राजनीतिक दल संविधान सभाहलमै छलफलमा जुट्नुपर्ने बताउनुभयो । उहाले पछिल्लो समय दलहरुबीचको दुरी घटाउन शीर्ष नेताहरुले पार्टीगत एजेन्डाभन्दा पनि माथी उठ्नुपर्ने भनाई राख्नुभयो ।
सिंहले संविधान सभालाई बन्धक बनाएर धेरै दिन राख्न नहुनेमा जोड दिदैँ राष्ट्रको चाँडो विकासका लागी संविधान जारी गर्नैपर्ने बताउनु भयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ
कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका
रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय
गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद