पेस्तोल चलाउन सिक्दा दुर्घटना ः प्रहरी

२६ जेष्ठ २०६९, शुक्रबार २१:३७ मा प्रकाशित

 

काठमाडौं, जेठ २६ । आज बिहान सोह्रखुट्टेमा भएको गोली प्रहारको घटनालाई प्रहरी–अभिव्यक्तिले रहश्यपूर्ण बनाइदिएको छ । अनेरास्ववियुका नेता वसन्त शाहीमाथि अनेरास्ववियुकै अर्को खेमाबाट पेस्तोल प्रहार भएको अनुमान भइरहेको परिवेशमा नेपाल प्रहरीले पत्रकार सम्मेलनमार्फत् झुक्किएर शाहीमाथि गोली लागेको अभिव्यक्ति दिएपछि घटनाले रोचक तथा रहश्यमयी मोड लिएको हो ।
आज हनुमानढोकामा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी जयबहादुर चन्दले भने– ‘शाहीकै साथी मनोज खत्रीले पेस्तोल कसरी चलाउने भनी सिकाउंदै गर्दा दुर्घटनावश गोली चलेर घटना भएको देखियो ।’ उनका अनुसार अस्कल क्याम्पसका स्ववियु उपसभापति वीरबहादुर रावतको कोठामा मुकेश नेपाली र वसन्त शाहीलाई खत्रीले पेस्तोलमा गोली कसरी राख्ने, कसरी ताक्ने र कसरी चलाउने भन्दै सिकाउंदै थिए, त्यहीबेला अकस्मात् गोली चलेको हो । प्रहरीले गोली चलेको कोठामा अटोमेटिक पेस्तोल र तीनवटा प्रयोग नभएको गोली फेला परेको बताएको छ । घटना लगत्तै खत्री भागेका थिए भने अस्पताल पु¥याइएका शाही खतरामुक्त रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक