बसन्तपुरमा दुई किशोरीलाई एसिड छर्ने व्यक्ति पक्राउ

६ चैत्र २०७१, शुक्रबार १०:४८ मा प्रकाशित

काठमाण्डौ, चैत्र ६ । तिन साता अघि काठमाडौंको बसन्तपुरमा दुई किशोरी माथि एसिड प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । एसएलसि तयारीको लागि ट्युसन पढ्न गएका रामेछाप घर भएकी १६ बर्षिया सङगीता मगर र सिमा बस्नेतलाई एसिड छ्याप्ने ब्यक्ति पक्राउ परेका हुन् ।
जीवन बिक नाम गरेको व्यत्तिलाई पक्राउ परेको र केही बेरपछि पत्रकार सम्मेलन गरी सार्वजनिक प्रहरी स्रोतले जनाएको छ । बिकलाई भारतबाट पक्राउ गरेर ल्याइएको प्रहरी जनाएको छ ।
प्रहरीले यसअघि स्केच बनाएर शंकास्पद केहीमाथि निगरानी गरेको थियो । आक्रमणकारीले लगाएको कपडाको रंग, हिडाइ र कुदाइका आधारमा केही शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको थियो ।
घटनामा प्रेमसम्बन्ध, साथीहरुबीच झैंझगडा वा मनमुटाब, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबीजस्ता विषयमा केन्द्रीत भएर अनुसन्धान गरेको थियो ।
एसिड प्रहार पछि सङगिताको छाती, पेट र खुट्टा पोलेको छ । सीमाको अनुहारमा एसिड प्रहार गरिएको थियो ।
गम्भीर घाइते भएकी सिमालाई काठमाण्डौ सिनामङगल स्थित के एम सी अस्पतालमा उपचार भइरहेको छ । सिमाले हिजोबाट सूरु भएको एस एलसी परिक्षा अस्पतालबाटै दिइरहेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन