विश्वकप क्रिकेट, बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलमा

५ चैत्र २०७१, बिहीबार २१:२६ मा प्रकाशित

काठमाडौ, ५ चैत । डिफेन्डिङ च्याम्पियन भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वार्टरफाइनलमा भारतले दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

सन् १९८३ मा पहिलोपटक विश्वकप जितेको भारत समग्रमा पाँचौं पटक सेमिफाइनल पुगेको छ । पहिलो वन डे विश्वकप खेलेका बंगलादेशका लागि भने क्वार्टरफाइनलसम्मका यात्रा उपलब्धीपूर्ण नै हो ।

मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०२ रन बनायो ।

पहिलो विकेटका लागि रोहित शर्मा र शिखर धवनले ७५ रनको साझेदारी गरे । धवन ३० रनमा आउट भए । तर, उसका भरपर्दा ब्याट्सक्यान विरोट कोहलीलाई रुहेव हुसेनले मात्र ३ रनमा पभेलियनको बाटो देखाए भने अजिन्क्या रहाणे पनि मात्र १९ रनमा आउट भए ।

२५ ओभरमा भारतले १०० रन समेत पुरा गरेको थिएन । तर, ओपनर रोहितले चौथो विकेटका लागि सुरेश रैनासँग १२२ रनको साझेदारी गरे । रैना ६५ रनमा आउट भए । कप्तान महेन्द्र सिंह धोनीसँग ३६ रनको साझेदारी गरेका शर्माले १३७ रन बनाए । जारी विश्वकपमा शर्माको यो पहिलो शतक हो ।

धोनी ६ रनमा आउट भए भने रविन्द्र जडेजा २३ र आ अश्विन ३ रनमा अविजित रहे । बंगलादेशका टास्किन अहमदले ३ विकेट लिए । जवाफमा मैदान उत्रिएको उत्रिएको बंगलादेश ४५ ओभरमा १९३ रनमा अलआउट भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी