माओवादी सरकार सडक आन्दोलनबाट बढारिने

२६ जेष्ठ २०६९, शुक्रबार २१:१३ मा प्रकाशित

काठमाडौं, २६ जेठ । संविधानसभा विघटन गरी सरकारद्वारा एकलौटी ढङ्गबाट घोषणा गरिएको निर्वाचनको विरोधमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीलगायतका २२ विपक्षी दलको संयुक्त विरोधसभामा राजधानीको खुलामञ्चमा आज सांझ सम्पन्न भएको छ । विरोधसभामा मन्तव्य दिने दलका नेताहरुले एकीकृत नेकपा माओवादी सत्ता कब्जाकै रणनीतिबाट अघिबढिरहेको र माओवादीको यो सपना सपनाकै रुपमा तुहिने दाबी गरे । सत्ता कब्जाको सपनाबाट बिउंझिएर सहमतिको सरकार गठनका लागि ततकाल बाटो खुला गर्न प्रधानमन्त्री बाबुराम भट्टराई तथा माओवादी नेतृत्वसंग उनीहरुले माग गरे । अटेर गरी सत्तामा टांसिने कुचेष्टा गरे सडकबाटै सरकार बढारिने चेतावनी पनि दलहरुले दिएका छन् ।
विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्रवादीहरु कहिल्यै नहार्ने भन्दै लोकतन्त्रवादी दलहरुलाई धोका दिन खोज्ने माओवादी स्वयम्ले नै धोका खाइरहेको अभिव्यक्ति दिनुभयो । प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता कब्जाकै नियतबाट संविधानसभा विघटन गराएको र देशभर विरोध हुंदा पनि लाज पचाएर कुर्सीमा टांसिइरहेकोमा तीखो आलोचना गर्नुभयो । आफूहरु विचारको लडाईंबाट कहिल्यै नथाक्ने उल्लेख गर्दै कोइराला माओवादी फेरि बन्दुक बोकेर जंगल जान्छ भने जाओस् भन्न चुक्नुभएन ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीको सत्ताकब्जाकै महत्वाकांक्षाका कारण संविधानसभाले संविधान बनाउन नसकेको दाबी गर्नुभयो । संविधान नबनाई संविधानसभा तुहाउनु माओवादीको ठूलो अपराध रहेको उहांको आरोप थियो । आफूहरु चुनावसंग नडराएको भन्दै खनालले माओवादीको चुनावी घोषणा यथार्थमा एउटा नौटंकी मात्रै हो भन्नुभयो ।
एमलेकै वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको लडाईं बाबुराम भट्टराईलाई कुर्सीबाट खसाल्ने लडाईं मात्र नभई लोकतन्त्र जोगाउने अभियान भएको स्पष्ट पार्नुभयो । यस्तै एमालेका अर्का प्रखर नेता केपी ओलीले माओवादीले मुलुकमा संवैधानिक संकट खडा गरेर सत्ता कब्जा गर्ने सपना देखेको भए त्यो सपनामा खाएको चकलेट जस्तै हो भन्नुभयो ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विभिन्न जातजातीबीचको सद्भाव भड्काएर माओवादीले देशको अस्तित्व नै धरापमा पार्ने आत्मघाती खेल खेलेको उल्लेख गर्नुभयो भने वरिष्ठ नेता शेरबहादुर देउवाले आफूहरुले संविधानसभा बचाउन अनेक विकल्प अघिसार्दा पनि माओवादी नेतृत्वले त्यो स्वीकार नगरेको खुलासा गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले माओवादीले सधैं जालझेल गरेर आफ्नो सर्वसत्तावाद लाद्न खोजेकोमा सचेत गराउंदै नेताहरु अब माओवादीको जालमा पर्न नहुने सुझाव दिनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले माओवादीका कारण नेपाली जनताले फेरि पनि लोकतन्त्रको आन्दोलनमा भिड्नु परेको र अन्तमा जनताको विजय भएरै छाड्ने बताउनुभयो ।
ऋर्का कांग्रेसी नेता भीमबहादुर तामाङले माओवादीले जनजाती आदिवासीलाई काल्पनिक प्रलोभनमा पारेर सद्भाव खल्बल्याउन खोजेको बताउनुभयो भने राप्रपाका अर्का नेता लोकेन्द्रबहादुर चन्दले माओवादीले मुलुकको मुटु चिर्ने अपराध गरेको औंल्याउनु भयो ।
नेकपा माओका नेता सीपी मैनाली, नेपाल सद्भावना पार्टी आनन्ददेवीका देवेन्द्र पटेल, चुरेभावर राष्ट्रिय पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीलगायतले विरोधसभालाई सम्बोधन गर्दै माओवादी अधिनायकीको विरोध गरेका थिए भने सभामा स्वागत मन्तव्य दिंदै नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले माओवादीले दुईतिहाई मत हासिल गर्ने सपना देख्ने भूल नगर्न चेतावनी दिनुभएको थियो ।
उता प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस एमालेलगायतका दलहरुको विरोधलाई क्षणिक आक्रोश भन्दै अवमूल्यन गर्ने धृष्टता गरेका छन् । दलहरुले हजारौं नागरिक सहभागी गराएर राजधानीमा विरोधसभा गरिरहंदा प्रधानमन्त्री भट्टराई नेपाल क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको एक कार्यक्रममा आतिथ्य दर्शाउन पोखरा पुगेका थिए । त्यहां उनले तोकिएकै समयमा निर्वाचन गरेर देखाउने दाबी गरेका थिए ।
यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाको अगुवाईमा राजधानीको तीनकुनेबाट मोटरसाइकल र्याली निकालिएको थियो । र्यालीका सहभागीहरुले ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाएका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ