भारतद्धारा बंगलादेशसामु ३ सय ३ रनको लक्ष्य, बंगलादेशको खराब शुरुवात

५ चैत्र २०७१, बिहीबार १५:०४ मा प्रकाशित

काठमाण्डौँ, चैत्र ४ । विश्वकपमा क्रिकेटमा भारतले जितका लागी बंगलादेशसामु ३ सय ३ रनको चुनौति दिएको छ ।

टस हारेर पहिले व्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय २ रन बनाएको हो ।
भारतका लागी ओपनर रोहित शर्माले सर्वाधिक १ सय ३७ रन बनाए । कुल १ सय २७ बल खेलेका उनले १४ चौका र ३ छक्का प्रहार गरेका थिए । अर्का ओपनर शिखर धवनले ३० रनको योगदान दिए ।
त्यस्तै सुरेश रैनाले ६५, आजिक्या रहानेले १९, कप्तान महेन्द्र सिंह धोनीले ६ र रबिन्द्र जडेजाले २३ रन बनाए । अन्तिममा विष्फोटक व्याटिङ गरेका जडेजाले १० बलमा ४ चौका हान्दै २३ रन बनाएका हुन् ।
ब्ंगलादेशका तस्किनले ३ तथा रुबेलले १ विकेट लिए ।

३ सय ३ रनको लक्ष्य पाएको बंगलादेशले खराब शुरुवात गर्दै अहिले ७ ओभरको खेल सकिदा २ विकेट गुमाएर ३३ रन बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा