एसएलसी परीक्षा दिन गएकी किशोरीमाथी बलात्कार प्रयास

५ चैत्र २०७१, बिहीबार १४:३७ मा प्रकाशित

काठमाण्डौँ, चैत्र ४ । बाजुरामा एसएलसी दिन गएकी १७ बर्षिया एक किशोरी माथी बलात्कारको प्रयास भएको छ ।

बाजुरा सदरमुकाम मार्तडीमा किशोरीमाथी बलात्कार गर्न खोज्ने एक युवकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

एसएलसी परीक्षा दिँन भनेर सदरमुकाम मार्तडीमा गएकी ति किशोरीलाई पढाइदिने बाहानामा फाल्गन २९ गते राती ९ बजे बालिकाको कोठामा गएर बिभिन्न बाहाना गरेर फकाई फुल्लायाइ गरेर जबरजस्ती करण्ाँी गर्न खोज्ने साप्पाटा गाबिसका ३० बर्षका दिल बहादुर रोकायालाई नियन्त्रण्ाँमा लिइएको प्रहरी जनाएको छ ।

यस्तै
आज बाट सुरु भएको एसएलसी परीक्षा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । देशभरबाट १ हजार ८ सय ६२ वटा केन्द्रमा विद्यार्थीले आज अंग्रेजी विषयको परिक्षा दिएका छन् ।
बिहान ८ बजेबाट सुरु भएको परीक्षा ११ बजेसम्म संचालन भएको थियो । देशभरका परीक्षा केन्द्रहरुमा कुनै पनि अप्रिय घटना नभएको र विद्यार्थिहरुले शान्तिपूर्ण तरिकाले परीक्षा दिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।
यसवर्षको एसएलसी परीक्षामा देशभरबाट नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए । जसमा छात्रा संख्या २ लाख १३ हजार ७ सय १० र छात्रतर्फका दुई लाख १२ हजार ५ सय ४ परीक्षार्थीले परीक्षा दिएको परीÔा नियन्त्रक विष्ण्ँुबहादुर द्धारेले बताउनुभयो ।

भोली शुक्रबार नेपाली विषयको परीक्षा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको