माओवादी आफैले खनेको खाडलमा फस्दै छः कोइराला

२६ जेष्ठ २०६९, शुक्रबार २०:०८ मा प्रकाशित

काठमाडौं, २६ जेठ । कांग्रेस सभापति सुशील कोइरालाले माओवादीबाट दलहरुले धोका पाएको नभई बरु माओवादीहरुले नै आफ्नै कारणले धोका पाइरहेको बताएका छन् । राजधानीको खुलामन्चमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति कोइरालाले माओवादी आफ्नै कारणले आन्तरिक रुपमा समेत पराजित भईरहेको बताए । कोइरालाले आफूहरु जिम्मेवार राजनीति गरिरहेको भन्दै जे पायो त्यही गर्न नहुने बताए ।
‘तानशाहहरु आफूलाई शक्तिशाली ठान्छन,’ कोइरालाले भने, ‘एक÷एक गरेर ढल्दै जान्छन् ।’ माओवादीको धम्की दिने र सत्ता कब्जा गर्ने रणनीति हो तर उनीहरु कदापी सफल हुने छैनन् कोइरालाको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका