नेवारहरुले दोश्रो दशैँका रुपमा आज पाहाँचरहे मनाउँदै

५ चैत्र २०७१, बिहीबार १२:२८ मा प्रकाशित

काठमाडौं, चैत ५ । नेवार समुदायको दोश्रो ठूलो चाडका रुपमा मनाउने पाहाँचरहे बिहिबार धुमधामका साथ मनाउँदैछन । हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकिरहेका महादेवलाई पुजा गरेर नेवारहरुले पाहाँ चरहे मनाउने गर्छन् ।

सरस्वतीको पुजा गर्ने पाहाँचरहेको अन्तिम दिन भएकोले धेरैले यस पर्वलाई सरस्वतीको पुजाका रुपमा मनाउछन् ।

त्यस्तै काठमाडौंको पशुपतिमा घोडे जात्राको दिन हुने जात्राको लागि पाहाँचरहेको दिनमा बछलेश्वरी अजिमालाई विशेष पुजा गरेर देवीलाई उठाइन्छ ।
ललितपुरको बुग्मति क्षेत्रपाल पुजा हुने गर्दछ । पाहाँचरहेका दिन बुगमतीको दक्षिणतिर रहेको क्षेत्रपाललाई मुकुट लगाइदिएर होम सहित तान्त्रिक पुजा गरिन्छ ।
पुजा पछि पहिले पहिले भंगेरा र परेवालाई आकाशमा छोडिने चलन भएकोमा अहिले कागजमा भंगेरा र परेवाको आकृति बनाएर उडाइने स्थानीय सुरेन्द्र तुलाधरले बताए ।
त्यस्तै उपत्यकाका चार लोकेश्वर मध्ये चोभारको आनन्दादी लाकेश्वरको जात्राको तयारी स्वरुप पाहाँ चरहेका दिन चोभारमा विभिन्न देवदेवीलाई आव्हान गरेर भोजन गराइँदैछ ।

चोभारको क्षेत्रभन्दा बाहिरका देवदेवीलाई आव्हान गरेर बौ वायेगु भनेर भोजन गराइने पुजारी सरोज शाक्यले बताए ।

यसरी भोजन गराउनको लागि चोभारका स्थानीय बासिन्दाले स्वइच्छाले दिने खाद्यान्न सामग्री संकलन गरेर दिउँसो ३ बजेतिर भोजन गराइने शाक्यले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति