यस बर्षको एसएलसी परीक्षाको सुखद शुरुवात, अंग्रेजीको शान्तिपूर्ण, भोली नेपाली विषय

५ चैत्र २०७१, बिहीबार ११:५६ मा प्रकाशित

काठमाडौं, चैत्र ५ । आज विहीबाट शुरु भएको यस बर्षको एसएलसी परीक्षाको सुखद शुरुवात भएकोे छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका अनुसार यस वर्षको परीक्षामा कुल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी ।

विहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा समय थियो । तर, कतिपय केन्द्रमा पौने ११ बजे नै परीक्षा सकिएको जिल्ला शिक्षा कार्यालय काठमाडौंका सहायक जिल्ला शिक्षा अधिकारी दुर्गा प्रसाईंले बताए ।

काठमाडौंसहित देशभर कुनै अप्रिय घटना नभएको परीक्षा नियन्ंत्रक विष्णु बहादुर द्धारेले जानकारी दिए ।
परीक्षामा यसपालिदेखि उत्तरपुस्तिकासँगै प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको छ । परीक्षा हलभित्रै प्रश्नपत्रमा लेखेर चिट चोरिने भएकाले त्यसलाई न्यूनिकरण गर्न यस्तो व्यवस्था गरिएको हो । यस व्यवस्थाले परीक्षा थप व्यवस्थित भएको पनि परीक्षा नियन्त्रक द्धारेको भनाई छ ।

उच्च शिक्षाको लागि पहिलो खुड्किलो मानिने एसएलसी परीक्षा आगामी १६ गते सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।