सुरु भयो एसएलसी, पाँच लाख ७५ हजार विद्यार्थी सहभागी हुँदै

५ चैत्र २०७१, बिहीबार ०९:२५ मा प्रकाशित

काठमाडौ, ५ चैत । माध्यमिक तहको शिक्षा पुरा गरेका बिद्यार्थीहरुका लागि बहु प्रतिक्षित र फलामे ढोका भनेर चिनिने प्रवेशिका परीक्षा (एसएलसी) आज बिहान आठ बजेदेखि सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका अनुसार यस वर्षको परीक्षामा कुल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी रहने छन् । यस वर्षको परीक्षामा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कुल चार लाख २६ हजार २१४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना सहभागी हुने भएका छन् । यसै गरि प्राविधिकतर्फ छात्र दुई हजार ३७ जना र छात्रा तर्फ एक हजार २५१ जना गरी कुल तीन हजार २८८ जना परीक्षामा सहभागी हुने छन् । यस बर्षका परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौँमा ३४ हजार ५८७ र सबैभन्दा कम मनाङमा ७४ जना रहेका छन् भने यसवर्ष परीक्षा दिनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ । यसवर्षका परीक्षाका लागि देशभर कूल एक हजार ८६२ वटा परीक्षा केन्द्र कायम गरेको परिक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए, जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक˗एक वटा केन्द्र कायम गरिएको छ ।  परीक्षाका लागि २७ हजार ९३० जना सुरक्षाकर्मी, एक हजार ८६२ जना केन्द्राध्यक्ष, दुई हजार ४४० सहायक केन्द्राध्यक्ष, २३ हजार १४ जना निरीक्षक र सात हजार ६९९ जना कार्यालय सहायक परिचालन गरिने भएको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिए।

परीक्षा तालिका:
चैत ५ गते अनिवार्य अंग्रेजी
चैत ६ गते अनिवार्य नेपाली
चैत ८ गते गणित
चैत ९ गते विज्ञान
चैत १० गते सामाजिक
चैत ११ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा
चैत १२ गते ऐच्छिक प्रथम
चैत १३ गते ऐच्छिक दोस्रो

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो