सिक्किममा गएको पहिरोमा परी सात नेपाली भाषिको मृत्यू

२६ जेष्ठ २०६९, शुक्रबार १२:०१ मा प्रकाशित

काठमाडौ, २६ जेठ ।  भारतको सिक्किममा विहीवार राति पहिरो जाँदा एक घरका तीनसहित ७ जना नेपालीभाषिको मृत्यु भएको छ । पूर्वी सिक्किमको नाथाङ–माओङ क्षेत्रमा पहिरो जाँदा ७ नेपालीभाषीको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
अविरल वर्षापछि गएको पहिरोले त्यस क्षेत्रको ८ वटा घर वगाएको थियो । सिक्किम प्रहरीलाई उद्धृत गर्दै नेपाली दैनिक अखवार हिमालय दर्पणले जनाएअनुसार पहिरोमा परी एकै परिवारका दिलमान, मणिमाया र टीका राईसहित महेन्द्य्र राई, नेहाल राई, चन्द्रकुमारी राई र मोहन राईको मृत्यु भएको हो । यसअघि गतवर्ष पश्चिम सिक्किममा गएको पहिरोमा परी १३ जना नेपालीभाषिले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे